Merchandise Now
१४ पुष २०८१, आईतवार

CCTV / AC जडान सम्वन्धी वोलपत्र आव्हान

२४ पुष २०७९, आईतवार

विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय मोरंग, विराटनगर,

प्रदेश न. १ नेपाल CCTV / AC जडान सम्वन्धी वोलपत्र आव्हानको सूचना,

प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०७९/०९/१४

१. विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले तोकिएको स्पेशिफिकेसन अनुसारको CCTV / ANPR सरिद गर्न ‘बोलपत्रको माध्यमबाट यो वोलपत्र आव्हान गर्दछ ।

योग्य बोलपत्रदाताहरूले यस सम्बन्धी थप जानकारीको लागि वा वोलपत्र सम्बन्धी कागजातहरु हेर्न (अध्ययन गर्न चाहेमा यस कार्यालयको निम्न है गानामा सम्पर्क राख्न सक्नेछन् । खरिद कता: विराटनगर महानगरपालिका, मोरङ्ग फोन नं: ०२१.५१४०७०

३. शिलबन्दी बोलपत्र सम्वन्धी कागजात यो सूचना पत्रिकामा प्रकाशित भएको मितिले वोलपत्रको हकमा ३० औं दिनसम्म कार्यालय समयभित्र ३०००) (तीन हजार) कृषि विकास बैंक विराटनगरमा रहेको यस महानगरपालिकाको आम्दानी खाता नं. ०६०१६०११४५९७३११३ मा फिर्ता नहुने गरी जम्मा गरेको सक्कलै भौचर यस कार्यालयमा बुझाएपछि यस कार्यालयबाट वोलपत्र फाराम खरिद गर्न सकिने छ ।
 
४ इच्छुक फर्म, कम्पनी वा संस्थाले वोलपत्र खरिद गर्दा आ.व. २०७९१०८० सम्मको लागि नविकरण गरिएको सम्बन्धित विषयको कारोवार गर्ने इजाजतपत्र वा फर्म दर्ता प्रमाण पत्र, स्थायी लेखा नम्बर, नागरिकताको प्रमाणपत्र र आ.व. २०७७ ०७८ सम्मको कर चुक्ता गरेको प्रमाणपत्रका प्रतिलिपिहरू न. पा. व्यवसाय प्रमाणपत्रको प्रतिलिपि साथ संलग्न राखि प्रोपाइटर स्वयमं उपस्थितभई वा आधिकारिक मन्जुरनामा सहितको प्रतिनिधि पठाई खरिद गर्न सकिने छ ।
 

५. वोलपत्र फाराम पेश गर्दा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१ औं दिनसम्म दिनको १२ बजेभित्र शिलबन्दी खाममा यस कार्यालयलाई सम्बोधन गरी के कामको लागि शिलबन्दी फाराम पेश गर्न लागिएको हो सो कामको विवरण नाम, ठेगाना, फोन नं. समेत खुलाई आधिकारिक व्यक्तिद्वारा सिलबन्दी वोलपत्र यस कार्यालयमा दर्ता गराउन सकिने छ । दर्ता हुन आएको वोलपत्र फाराम कार्यालय प्रमुखको दस्तखत तथा यस कार्यालयको छाप लागे को हुनु पर्नेछ ।

६. दर्ता भएका फारामहरु बोलपत्रको हकमा ३१ औं दिनको १ बजे वोलपत्रदाता वा निजका प्रतिनिधिहरु र कार्यालयका प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिने छ । वोलपत्रदाता वा निजहरुका प्रतिनिधिहरु उपस्थित नभएमा पनि शिलबन्दी वोलपत्र खोल्न बाधा पर्ने छैन ।

.

७. बोलपत्र खरिद गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा उक्त कार्य बिदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोही समयमा हनेछ । ८. वोलपत्र साथ यस कार्यालयको कृषि विकास बैंक मुख्य शाखा कार्यालय बिराटनगरमा रहेको धरौटी खाता नं. 0601601145973032 मा रु. १,२४,००० । ( एकलाख चौवीस हजार मात्र) जम्मा गरेको सक्कल भौचर संलग्न राख्नु पर्नेछ वा मान्यता प्राप्त बैकबाट कम्तीमा १२० दिनको मान्यता भएको बैक ग्यारेन्टीको सक्कलै पत्र संलग्न राख्नुपर्नेछ ।

९. वोलपत्र पेश गर्दा मुल्य अभिवृद्धि कर बाहेकको दर पेश गर्नु पर्नेछ ।

१०. बोलपत्र, आंशिक रूपले स्वीकार गर्ने वा पुर्ण रुपमा स्वीकार गर्ने वा अस्वीकार गर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित रहने छ साथै स्वीकृत भएका आइटमहरु आवश्यक्ता अनुसार घटी वा बढी लिन सक्नेछ ।

११. CCTVANPR को जडान कार्यादेश पाएको मितिले १५ दिनभित्र गरी सक्नु पर्नेछ ।.

१२. कार्यालय सामान जडान गर्न आउँदा ग्यारेन्टी वारेन्टीको कागजातहरु पनि संलग्न हुनु पर्नेछ ।

१३. यस सूचनामा उल्लेख हुन छुट भएका कुराहरु कार्यालयबाट उपलब्ध गराईएको वॉलपत्र कागजातअनुसार र अन्य कुराहरुको हकमा सार्वजनिक खरिद

. ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ एवम् प्रचलित ऐन नियमानुसार हुनेछ ।

१४. सो घोषणपत्र समावेश गर्नुपर्नेछ । खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको स्वार्थ नबाझी र व्यवसाय सम्बन्धी कसुरमा सजाय नपाएको भन्ने लिखित घोषणा गरेको कागजात वॉलपत्र साथ अनिवार्य रुपमा संलग्न गर्नुपर्छ ।

१५. रकम भुक्तानी गर्दा १.५ प्रतिशत आयकर, १.५ प्रतिशत न.पा. शुल्क र ५ प्रतिशत धरौटी वापतको रकम प्राप्त हुने विलको रकमबाट कट्टा गरी भुक्तानी गरिनेछ ।

  अन्य समाचार  
  1. SUPPLY FIREFIGHTING VEHICLE
  2. INVITATION FOR BIDS OF POSTAL HIGHWAY DIRECTORATE
  3. आन्तरिक साजसज्जा तथा फर्निचर लगायत सामानहरु बिक्री
  4. AWARD NOTICE-TIRUPATI CONSTRUCTION