Merchandise Now
१६ पुष २०८१, मंगलवार

ATM सेवा सञ्चालन गर्ने सम्बन्धी बोलपत्र आव्हानको सूचना

१५ पुष २०७९, शुक्रबार
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, गौचरको ATM सेवा सञ्चालन गर्ने सम्बन्धी बोलपत्र आव्हानको सूचना (प्रकाशित मिति २०७२।०८।१६ )
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ भुई तल्लाको चेकईन एरियामा विद्युतीय भाइसँगै ५.०० वर्गमीटर क्षेत्रफलमा ATM Counter मार्फत ATM सेवा सञ्चालनको लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले नेपाल राष्ट्र बैंकबाट सो सम्बन्धी कारोबार गर्न इजाजत प्राप्त गरेका इच्छुक “क” वर्गको बैंकहरुले निम्न शर्तहरुको अधीनमा रही बोलपत्र फाराम पेस गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । शर्तहरू

१.

यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालयको गौचरस्थित राष्ट्रिय वाणिज्य बैक, गौचर शाखामा रहेको खाता नम्बर १६९०१००००००११०६ मा रु. ३,३९०/- (अक्षरेपी तीन हजार तीन सय नब्बे रुपैयाँ मात्र) मूल्य अभिवृद्धि कर सहित (पछि फिर्ता नहुने) दाखिला गरी सोको सक्कल भौचर कार्यालयमा पेस गरी प्राप्त रसिद, नवीकरण सहितको फर्म दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर / स्थायी लेखा नम्बरको दर्ता प्रमाणपत्रको प्रतिलिपि, ATM सेवा संचालनको लागि नेपाल राष्ट्र बैंकबाट “क” वर्गको स्वीकृती प्राप्त प्रमाण पत्रको प्रतिलिपी कार्यालयमा पेस गरी बोलपत्र फाराम खरिद गर्न सकिनेछ ।

२. बोलपत्र फाराम सूचना प्रकाशित भएको मितिबाट १५ (पन्ध्र दिनको कार्यालय समयभित्र खरिद गरी १६ (सोह) औं दिनको १२:०० बजेभित्र कार्यालयमा दाखिला गर्नुपर्नेछ । दाखिला हुन आएका बोलपत्रहरु सोही दिनको २:०० बजे सम्बन्धित बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । सो दिन वोलपत्रदाताकोतर्फबाट अख्तियारी पत्र सहित प्रतिनिधि उपस्थित हुनु पर्नेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए तापनि बोलपत्र खोल्न बाधा पर्नेछैन । बोलपत्र खरिद गर्ने तथा दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो पछिको लगत्तै खुलेको दिन सोही समय र स्थानमा बोलपत्र खरिद र दर्ता गरिनेछ ।

 

बोलपत्रसाथ फर्म वा कम्पनी दर्ता प्रमाणपत्र ( नवीकरण सहित ), सम्बन्धित निकायबाट व्यवसाय सञ्चालन गर्न प्राप्त इजाजत पत्र, मूल्य अभिवृद्धि कर स्थायी लेखा नम्बरको दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, व्यवसाय सञ्चालन गर्ने काम कारबाहीमा भाग लिन अयोग्य नभएको, आफूले यस सम्बन्धमा सजाय नपाएको वा कालोसूचीमा नपरेको भनी लिखित रुपमा गरेको स्वःघोषणापत्र, बैंकिङ्ग सेवा संचालनको लागि नेपाल राष्ट्र बैंकबाट “क” वर्गको स्वीकृती प्राप्त प्रमाण पत्रको प्रतिलिपी पेस गर्नुपर्नेछ । ४ ATM Counter मार्फत ATM सेवा सञ्चालनको लागि ठेक्का अवधि ५ (पाँच) वर्षको हुनेछ । सो अवधिको न्यूनतम ठेक अंक रु.२१,०८,६६०/- (अक्षरेपी एक्काइस लाख आठ हजार छ सय साठी रुपैयाँ मात्र) कायम गरिएको छ । साथै दोस्रो वर्षदेखि कुल ठेक अंकमा कार्यसम्पन्न भएको वर्षको रकम घटाई बाँकी हुन आउने बहाल रकममा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकाङ्कको अनुपातमा स्वतः वृद्धि हुनेछ र सोही अनुरुप कायम हुन आउने थप बहाल रकम समेत बुझाउनु पर्नेछ प्राधिकरण तथा मातहतका कार्यालयलाई बुझाउनुपर्ने बाँकी बक्यौता रहेका व्यक्ति, फर्महरुले बोलपत्रमा भाग लिन पाउने छैन । प्राधिकरणलाई बुझाउनु पर्ने बाँकी बक्यौता रकम नरहेको व्यहोराको प्रमाण बोलपत्र कागजात खरिद गर्दाका समयमा पेस गर्नुपर्नेछ ।

कवोल गरेको रकमको ५% ले हुने बोलपत्र जमानत रकम कार्यालयको राष्ट्रिय वाणिज्य बैंक गौचर शाखामा रहेको धरौटी खाता नम्बर १६९०१००००००७०००१ मा दाखिला गरेको सक्कल भौचर वा सो रकम बराबरको कार्यालयको नाममा ‘क’ वर्गको वाणिज्य बैंकवाट जारी भएको कम्तीमा १८० दिन ( बोलपत्र खोल्ने मितिवाट ) मान्य अवधि भएको बैंक ग्यारेन्टी (Bid Bond) बोलपत्रसाथ पेस गर्नुपर्नेछ ।

૭ दाखिला गर्ने वोलपत्रको खाम सिलवन्दी गरी खाम बाहिर कुन विषयको बोलपत्र हो, सो स्पष्ट लेखी श्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, कर्पोरेट महाशाखालाई सम्बोधन गरी कर्पोरेट महाशाखा, त्रि.अ.वि.ना.उ. कार्यालयमा दर्ता गराउनु पर्नेछ ।

८. बोलपत्रको दररेट भर्दा अंक र अक्षर दुवैमा लेखिएको हुनुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।रीत नपुगी, म्याद नाघी, शर्तसहित पेस भएको वा तोकिएको कागजात पेस भई नआएको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।१०. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कार्यालयमा सुरक्षित रहनेछ ।११. बोलपत्र सम्बन्धी अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरिए बमोजिम हुनेछ ।१२. यो सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणको Website: www.caanepal.gov.np र www.tiairport.com.np मा उपलब्ध हुनेछ ।१३. यस सूचनामा नपरेका अन्य कुराहरु विमानस्थल सेवा शुल्क नियमावली, २०७८ तथा प्रचलित ऐन, नियमानुसार हुनेछ । १४. यस सम्बन्धी अन्य कुरा बुझ्नु परेमा कार्यालयमा कार्यालय समयभित्र बुझ्न सकिनेछ ।१५. सूचनामा भएका शर्त र बोलपत्रका शर्तहरुको अलावा आवश्यक अन्य शर्तहरु सम्झौता पत्रमा राख्न सकिनेछ ।
 

अन्य समाचार

 
  1. सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा चमेना गृह सञ्चालन गर्न आव्हान
  2. सवारी साधन बिक्रीका लागि बोलपत्र आव्हान
  3. सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थालाई स्टेशनरी, मसलन्द छपाई कार्य गर्न आव्हान
  4. EXTENSION OF IRRIGATION PIPE LINE SYSTEM AT BELACHAPI, DHANUSHA
  5. नेपाल टेलिकममा VOLUME BASEDमा सरसफाइ तथा प्लम्बिङ सम्बन्धी मर्मत कार्य गर्न आव्हान