Merchandise Now
२१ पुष २०८१, आईतवार

स्पष्टीकरण पेस गर्ने सम्बन्धमा

६ पुष २०७९, बुधबार
नेपाल सरकार,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभाग, रामशाहपथ, काठमाडौँ

स्पष्टीकरण पेस गर्ने सम्बन्धमा, प्रथम पटक प्रकाशित मिति: २०७९।०९।०६

 

यस विभाग र तपाईं श्री बाइसधारा / कैलाशपति जे.भी., तारकेश्वर न.पा- २१, नेपालटार, काठमाडौँ बीच भएको सम्झौता अनुसार तपाईंले निम्न ठेक्काको सम्झौताका सर्तअनुसार काम अगाडि नबढाएको, पटक पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत साइटमा कुनै काममा प्रगति नभएको र थप भएको म्यादभित्र कार्य सम्पन्न नगरेकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (७) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२८ बमोजिम खरिद सम्झौताको अन्त्य किन नगर्ने ? समयमा कार्य सम्पादन हुन नसकेबापतको पूर्व निर्धारित क्षतिपूर्ति वा आनुषङ्गिक क्षतिपूर्ति सम्बन्धित निर्माण व्यवसायीबाट किन नभराउने ? र सम्झौता बमोजिमको बाँकी काम निर्माण व्यवसायीकै खर्चमा किन नगराउने ? उचित कारण भए ७ दिनभित्र स्वयं उपस्थित भई लिखित स्पष्टीकरण दिनुहुन अन्यथा नियमानुसार सम्झौता अन्त्य गरी सोही ऐनको दफा ६३ बमोजिम कालो सूचीमा राख्ने लगायतका कारबाही अगाडि बढाइने व्यहोरा विभागको मिति २०७९/०९/०५ को निर्णय अनुसार जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

  काम सम्पन्न गर्नुपर्ने मिति (अन्तिम पटकको म्याद थप ) २०७८ चैत्र मसान्तसम्म   अन्य समाचार
  1. AUCTION OF FIXED ASSETS (INCLUDING INTERIOR DECORATION)
  2. काठ तथा दाउरा लिलाम बिक्री
  3. चौतारा अस्पतालमा प्रिफ्याव भवन निर्माण गर्न आव्हान
  4. PROCUREMENT OF FABRICATION PACKAGE