Merchandise Now
१९ पुष २०८१, शुक्रबार

सुनचाँदी धितो लिलाम बिक्री

६ पुष २०७९, बुधबार

नेपाल बैंक लिमिटेड. NEPAL BANK LIMITED प्रधान कार्यालय कर्जा असुली विभाग सुनचाँदी धितो लिलाम बिक्रीको १५ दिने सूचना

(प्रकाशित मिति २०७२/०९/०६)

यस बैंकको तपसिलमा उल्लेखित शाखाहरुबाट सुनचाँदी धितो राखी कर्जा लिई भुक्तानी म्याद समाप्त भएपछि कर्जाहरु चुक्ता गर्न आउन सम्बन्धित शाखाहरुबाट पटक-पटक तरताकेता गर्दा पनि कर्जा चुक्ता गर्न नआएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्बन्धित शाखामा सम्पर्क राखी आ-आफ्नो कर्जा चुक्ता गरी धितो सामान निखनी लैजानु हुन तपसिलमा उल्लेखित कर्जावालाहरुलाई सूचित गरिएको छ । यो सूचनामा उल्लेखित म्याद समाप्त भएको मितिले भोलिपल्ट ( सो दिन बैंक विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिन) देखि बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित शाखामा धितो माल सामानहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गरिने भएकोले इच्छुक महानुभावहरुले उक्त दिनदेखि सम्बन्धित शाखाहरुमा सम्पर्क राखी लिलाम गरिने धितो माल सामान हेरी जाँची बुझी आफुले सकार गर्न चाहेको मूल्य बोलकबोल गर्नु हुन आह्वान गर्दछौं । डाँक बढाबढमा सबैभन्दा बढी मूल्य कबुल गर्नेले कबोल अंकको १० प्रतिशत रकम धरौटी स्वरुप तुरुन्त जम्मा गर्नुपर्नेछ र कबोल भएको रकममा बैंकले लिलाम बिक्री गर्ने निर्णय गरेमा तुरुन्त बाँकी ९० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ अन्यथा धरौटी जफत हुनेछ । डाँक बढाबढ गर्दा अधिकतम रकम बोल्नेलाई उक्त माल सामान दिने/नदिने सम्पूर्ण अधिकार सम्बन्धित शाखाहरुमा सुरक्षित रहनेछ ।
  अन्य समाचार  
  1. AUCTION OF FIXED ASSETS (INCLUDING INTERIOR DECORATION)
  2. श्री स्काई विल्डर्सले भवन निर्माण कार्य गर्न स्वीकृत
  3. चौतारा अस्पतालमा प्रिफ्याव भवन निर्माण गर्न आव्हान
  4. RECRUITMENT OF INDIVIDUAL CIVIL ENGINEER