Merchandise Now
२८ पुष २०८१, आईतवार

सन्राइज बैंक लिमिटेडमा रहेको धितो सम्पत्ति लिलाम बिक्री

३ फाल्गुन २०७९, बुधबार
सन्राइज बैंक लिमिटेडमा धितो रहेको सम्पत्ति लिलाम बिक्रीको १५ दिने सार्वजनिक सूचना

यस बैंकको शाखा कार्यालय इटहरी, सुनसरीबाट तपसिलमा उल्लेखित ऋणीले बैंकसंग गरेको सम्झौता बमोजिम लिएको कर्जाको चुक्ता भुक्तानी मिति समाप्त भई कर्जा चुक्ता भुक्तानी गर्न गराउन पटक पटक लिखित, मौखिक अनुरोधका साथै कर्जा चुक्ता गर्ने गराउने बारेको ३५ दिने सार्वजनिक सुचना प्रकाशित गर्दा समेत बेवास्ता गरी कर्जा चुक्ता फछ्यौट नगर्नु नगराउनु भएको हुँदा यो धितो लिलाम बिक्रीको सूचना प्रकाशित गरिएकोछ । तसर्थ कर्जाको सुरक्षण स्वरुप बैंकसमक्ष धितो रहेको तपसिलमा उल्लेखित चल / अचल सम्पत्तिहरु / सवारी साधन / इक्यूपमेण्ट जहाँ जे जस्तो अवस्थामा रहे भएकोछ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी लिलाम बिक्री गरिने भएकोले उक्त सम्पत्ति मध्ये कुन सम्पत्ति के कति मूल्यमा खरिद गरी लिने हो सो खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ औं दिन अर्थात मिति २०७९ / ११ / १७ दिनको ३ बजे ( सो दिन सार्वजनिक विदा परेमा सो लगत्तै बैंक खुलेको दिन) बैकको कर्जा असुली विभाग, गैहिधारा, काठमाण्डौं तथा सम्बन्धित शाखा कार्यालयमा दाखिल गर्नु हुन ईच्छुक महानुभावहरु सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले १६ औं दिन अर्थात मिति २०७९ / १० / १८ ( सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै बैंक खुलेको दिन) बैंकको कर्जा असुली विभाग, गैद्विधारा, काठमाण्डौं तथा सम्बन्धित शाखा कार्यालयमा दिनको ठीक ३ बजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, ऋणी फर्मका प्रोप्राइटर जमानतकर्ता, सुरक्षण धनी, इच्छुक बोलपत्रदाता तथा सम्बद्ध सबैमा अनुरोध छ । कुनै कारणवश तपशिलमा उल्लेखित सम्पत्ति लिलाम बिक्री नभएमा सो सम्पत्ति बैंकले प्रचलित कानून बमोजिम सकार गरी लिन सक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ सोबाट समेत सम्पूर्ण कर्जा असुल उपर नभएमा ऋणी, ऋणी फर्मका प्रोप्राइटर, जमानतकर्ता तथा निजहरुको हक लाग्ने परिवारका सदस्यहरुको अन्य जायजेथाबाट समेत असुल उपर गर्न आवश्यक कानूनी प्रकृया शुरु गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । प्राप्त बोलपत्रहरु बैंकले बिना कुनै कारण दर्शाई स्वीकार वा अस्वीकार गर्न सक्नेछ ।

तपसिल ऋणी : प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम नेपाल सरकार, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग, वाणिज्य कार्यालय विराटनगर, मोरङ्गमा मिति २०६७/०३/१३ मा दर्ता नं. २३०८७ अन्तर्गत रजिष्टर्ड दर्ता भएको मोरङ्ग जिल्ला, इन्द्रपुर गा.वि.स. वडा नं. ४ (हाल मोरङ्ग जिल्ला, सुन्दरहरैंचा न.पा. वडा नं. १२) स्थित श्री दयाराम अटो ट्रेडर्स ।
प्रोप्राईटर तथा जमानतकर्ता :

जमानतकर्ता :मङ्गलु खवासको नाति, सत्य नारायण खवासको छोरा, मोरङ्ग जिल्ला, सत्य नारायण खवासको बुहारी, दयाराम खवासको पत्नी, मोरङ्ग हरैचा गा.वि.स. वडा नं. ८ स्थायी ठेगाना भई हाल मोरङ्ग जिल्ला, जिल्ला, हरैंचा गा.वि.स. वडा नं. ३ स्थायी ठेगाना भई हाल मोरङ्ग सुन्दरहरैंचा न.पा. वडा नं. १२ बस्ने दयाराम खवास (ना.प्र. नं. जिल्ला, सुन्दरहरैंचा न.पा. वडा नं. १२ बस्ने रिता खवास (ना.प्र. नं. ४३९२५ जि.प्र.का. मोरङ्गबाट मिति २०५६/०४ / २८ मा जारी ) । ५ / ९९७५ जि.प्र.का. मोरङ्गबाट मिति २०६५ / ०९ / २० मा जारी ) । धितो सुरक्षणको विवरण :

१. रिता खवासको नाममा मालपोत कार्यालय इनरुवा, सुनसरीमा दर्ता कायम रहेको सुनसरी जिल्ला, इटहरी न.पा. वडा नं. २ ज स्थित कित्ता नं. २१८० को क्षेत्रफल ०-०-१४ (विगाहा जग्गा र सो ले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।

२. दयाराम खवासको नाममा मालपोत कार्यालय वेलवारी, मोरङ्गमा दर्ता कायम रहेको मोरङ्ग जिल्ला, हरैंचा गा.वि.स. वडा नं. ९ ग स्थित कित्ता नं. ३६०३ को क्षेत्रफल ०-०-१४१/४ ( विगाहा ) घर जग्गा, सो ले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।

३. दयाराम खवासको नाममा मालपोत कार्यालय वेलवारी, मोरङ्गमा दर्ता कायम रहेको मोरङ्ग जिल्ला, हरैंचा गा.वि.स. वडा नं. ३ ख स्थित कित्ता नं. १६८ को क्षेत्रफल ०-८-० (विगाहा जग्गा सो ले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।

४. दयाराम खवासको नाममा मालपोत कार्यालय वेलवारी, मोरङ्गमा दर्ता कायम रहेको मोरङ्ग जिल्ला, हरैंचा गा.वि.स. वडा नं. २ ख स्थित कित्ता नं. २४४ को क्षेत्रफल ०-१-० ( विगाहा जग्गा, सो ले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।

५. बैंकको नाममा हाईपोथिकेशन अन्तर्गत धितो सुरक्षण गरिएका ऋणी फर्मको स्टकमा रहेको मालसामानहरुको मौज्दात । थप जानकारी:

  • बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फारम बैंकको कर्जा असुली विभाग, गैद्विधारा, काठमाण्डौं वा सम्बन्धित शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । साथै बोलपत्र फारममा उल्लेखित शर्त बन्देजहरु समेत यसै सूचनाको अभिन्न अङ्ग हुनेछ । लिलाम हुने सम्पत्ति निरिक्षण अवलोकन गर्नुपरेमा वा धितो लिलाम सम्बन्धी विस्तृत जानकारी आवश्यक भएमा बैंकको कर्जा असुली विभाग, गैह्निधारा, काठमाण्डौं वा सम्बन्धित शाखा कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राख्न सकिनेछ ।
.
नोट : सूचनामा उल्लेखित ऋणी तथा जमानतकर्ता बाहेक अन्य व्यक्तिहरुको नाम तथा विवरणहरु ऋणी तथा जमानतकर्ताहरुको परिचय खुलाउनको लागि मात्र प्रयोग भएको ।
सन्राइज बैंक लिमिटेड SUNRISE BANK LIMITED प्रधान कार्यालय तथा मुख्य शाखा: गैहिधारा, काठमाण्डौ टोल फ्रि नम्बरः १६६००१२२४४४, फोनः ४००४५६०-६४ फ्याक्स: +९७७-०१-४४२२४७५, इमेल: info@sunrisebank.com.np  

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
अन्य :
 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान