Merchandise Now
२१ पुष २०८१, आईतवार

शुभकामना डायरी र नेपाल परिचय पुस्तक छपाई कार्य गर्न आव्हान

७ पुष २०७९, बिहीबार
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभाग (वि.सं. २०८० सालको भित्तेपात्रो, शुभकामना डायरी र नेपाल परिचय पुस्तक छपाईको सिलबन्दी दरभाउपत्र मागको सूचना) सूचना नं. ०४/०७५/८०

दोस्रो पटक सूचना प्रकाशित मिति २०७४/०५/०७ गते

१) वि.सं. २०८० सालको भित्तेपात्रो, शुभकामना डायरी र २०७९/८० को नेपाल परिचय पुस्तक नयाँ संस्करण छपाईका लागि सिलवन्दी दरभाउपत्र माग गरिएको छ ।

२) यसका लागि कम्पनीको अद्यावधिक इजाजतपत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र, स्थायी लेखा दर्ता प्रमाणपत्र र अद्यावधिक कर चुक्ता प्रमाणपत्रहरु आवेदनसाथ सिलबन्दी दरभाउपत्र दस्तुर रु. १०००/- (फिर्ता नहुने) तिरी सूचना प्रकाशन भएको मितिले सातौं दिनसम्म कार्यालय समयभित्र सिलबन्दी दरभाउपत्र खरिद गरी आठौं दिन दिनको १२:०० बजेभित्र सिलबन्दी दरभाउपत्र विभागमा दर्ता गर्नु हुन अनुरोध छ ।

३) उक्त सिलवन्दी दरभाउपत्र सूचना प्रकाशन भएको मितिले आठौं दिन दिनको २:०० बजे खोलिने छ । सिलबन्दी दरभाउपत्र दर्ता गर्ने एवं खोल्ने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा उक्त कार्यहरु बिदाको लगत्तै कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।

४) सिलवन्दी दरभाउपत्र दर्ताका लागि न्यूनतम रोयल्टी रकमको २.५ प्रतिशतका दरले हुन आउने रकम रु २०,०२५/- (अक्षेरुपी बीस हजार पच्चीस मात्र) को.ले.नि.का., काठमाडौंको नाउँमा नेपाल राष्ट्र बैंक बालुवाटारमा रहेको धरौटी खाता नं. १२०१२००००१००२५२४ मा जम्मा गरेको सक्कलै भौचर वा यस विभागको नाममा मान्यताप्राप्त वाणिज्य बैंक वा वित्तिय संस्थाले जारी गरेको २०८० असार मसान्तसम्म म्याद भएको बैंक जमानतको सक्कलै जमानतपत्र संलग्न राख्नु पर्नेछ ।

५) यसको सूचना विभागको वेभसाइट www.doinepal.gov.np मा हेर्न सकिने छ ।

अन्य समाचार

 
  1. स्पष्टीकरण पेस गर्ने सम्बन्धमा
  2. खाद्य सामग्रीहरू आपूर्ति गर्न आव्हान
  3. वार्षिक प्रतिवेदन छपाई सम्बन्धी सूचना
  4. बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
  5. माटो कर उठाउने ठेक्का