Merchandise Now
१० मंसिर २०८१, सोमबार

शुक्रराज ट्रपिकललाई Ultra low Freezer -80C आपूर्ति गर्न आव्हान

८ असार २०८०, शुक्रबार
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौं
Ultra low Freezer -80C खरिदको लागि सिलवन्दी दरभाउपत्र आव्हानको सुचना
यस अस्पतालको चालू आ. व. ०७९/०८० को । स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अस्पताललाई आवश्यक पर्ने Ultra low Freezer – 80C खरिद गर्नको लागि योग्यता पुगेका इच्छुक इजाजत प्राप्त फर्म, कम्पनी, सप्लायर्स (व्यवसायी) हरू बाट सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिनको दिउसो १२ बजे भित्र अस्पतालको काउन्टरमा रु १०००।- (फिर्ता नहुने गरि जम्मा गरेर दरभाउपत्र खरिद गरी सोही दिनको २ वजे भित्र सक्कल रसिद, Ultra low Freezer – 80C विक्री वितरण तथा आपूर्ति गर्न पाउने गरि नवीकरण भएको इजाजत प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाण पत्र तथा आ. व. ०७८/०७९ को कर चुक्ता प्रमाण पत्र को प्रमाणित प्रतिलिपि निवेदन साथ संलग्न राखि सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना आव्हान गरिएको छ । यस सिलबन्दी दरभाउपत्र सम्बन्धी विस्तृत विवरण अस्पतालको वेबसाइट www.stidh.gov.np र अस्पतालको सूचना पाटीबाट हेर्न सकिने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि अनुरोध छ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।