Merchandise Now
१२ पुष २०८१, शुक्रबार

शिखर इन्स्योरेन्स कम्पनीको सामानहरु लिलामद्वारा बिक्री

२२ मंसिर २०७९, बिहीबार
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सूचना

यस शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दाबी भुक्तानी क्रममा प्राप्त भएका विभिन्न किसिमका प्रयोग ल्याई ह्रास तथा रद्दी भएका सामानहरु लिलामद्वारा बिक्री वितरण गरिने भएकोले इच्छुक व्यक्ति, फर्म वा संघ संस्थाले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस कम्पनीको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । लिलाम बिक्री गरिने सामानहरुको विस्तृत विवरण कम्पनीको केन्द्रिय कार्यालयमा कार्यालय समयमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडथापाथली काठमाडौं ।

फोन नंः ५३४६१०१, ५.३४६१०२

पोष्ट बक्स नं: १०६९२

Email: shikharins@mos.com.np

Website: www.shikharinsurance.com

 

अन्य समाचार