Merchandise Now
२० फाल्गुन २०८१, मंगलवार

व्यवसायिक घर बिक्री

२६ मंसिर २०७९, सोमबार
यस कार्यालयको स्वामित्वमा रहेको व्यवसायिक घर बिक्री गर्नेबारे बोलपत्र आव्हान सम्बन्धी सूचना ( प्रकाशित मिति २०७४/८/२१)

यस कार्यालयको स्वामित्वमा रहेको ललितपुर महानगरपालिका वडा नं. १४ नखिपोटको मुल चोकमा अवस्थित (सातदोबाटो भाटभटेनीबाट २ सय मिटर) ०-१३-१-३ मा निर्मित १६,००० स्क्वायर फिटको ५ तले व्यवसायिक घर बिक्री गर्नुपर्ने भएकाले इच्छुक खरिदकर्ता व्यक्ति, फर्म, कम्पनी वा संघसंस्थाहरुबाट आफ्नो नागरिकता वा दर्ता प्रमाणपत्रहरुको प्रतिलिपी संलग्न गरी के कति दर रेटमा खरिद गर्ने हो स्पष्ट रुपमा अंक तथा अक्षरमा समेत खुलाई यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी बोलपत्र प्रस्ताव आव्हान गरिएको छ । प्राप्त बोलपत्रहरु स्वीकृत / अस्वीकृत गर्ने सर्वाधिकार यस कार्यालयलाई रहेको समेत जानकारी गराईन्छ

थप जानकारीका लागि TAC Nepal, जावलाखेल, ललितपुर सम्पर्क नं: ०१५१८५२२५, ४८५१३३०८५६