Merchandise Now
२६ पुष २०८१, शुक्रबार

विभिन्न तालहरुमा माछा पालन तथा बिक्री वितरण कार्य गर्न आव्हान

१५ असार २०८०, शुक्रबार
गौरीगङ्गा नगरपालिका कार्यपालिकाको कार्यालय, चौमाला, कैलाली

सुदुरपश्चिम प्रदेश, नेपाल

विभिन्न तालहरुमा माछा पालन तथा बिक्री वितरण कार्यका लागि सिलबन्दी बोलपत्र आह्वानसम्बन्धी

पहिलो पटक प्रकाशित मिति २०८०/०३/१५

 
रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन २०२० को दफा ४ अनुसार यस नगरपालिका क्षेत्रभित्रका तपसिलका तालहरु माछापालन तथा बिक्री वितरण कार्यका लागि बोलपत्र आह्वान गरी ५ वर्ष (२०८० साल साउनदेखि २०८५ असार मसान्तसम्म ) का लागि ठेक्का लगाउनुपर्ने भएकोले रकम र सरकारी बन्दोबस्त ऐन २०२० को दफा ५ अनुसार बोलपत्र आह्वानसम्बन्धी यो सूचना प्रकाशित गरिएको छ । उक्त तालमा माछा पालन तथा बिक्री वितरण कार्यका लागि ठेक्का लिन इच्छुक नेपाल सरकारबाट उक्त कार्यका लागि इजाजत प्राप्त व्यक्ति वा कम्पनीबाट तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रही सिलबन्दी बेलपत्र पेश गर्न प्रथम पटकका लागि यो ३० (तीस) दिने सूचना प्रकाशित गरिएको छ ।
 

१. सिलबन्दी बोलपत्रसम्बन्धी कागजात यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औं दिन २०८० / ०४ / १४ सम्म कार्यालय समयभित्र गौरीगंगा नगरपालिकाको कार्यालय चौमालाबाट फर्म दर्ता ( नवीकरणसहित ) मु.अ. कर स्थायी लेखा नं. (प्यान) दर्ता र आ.व २०७८ / ०७९ सम्मको कर चुक्ता भएको प्रमाणपत्र र नेपाली नागारिकता प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि संलग्न राखी राजस्वबापत नगद रु. १०००/- (दस्तुर फिर्ता नहुने) बुझाई गौरीगंगा नगरपालिकाको कार्यालयको राजस्व शाखाबाट बोलपत्र खरिद गर्न सकिने छ ।

२. खरिद गरेको बोलपत्र ३१ औं दिन (२०७९ / ०४ / १५ गते) को दिन १२:०० बजेभित्र नगरकार्यपालिकाको कार्यालय चौमालामा दर्ता गर्नुपर्नेछ र सोही दिन दिनको २ बजेबाट बोलपत्र खोलिने छ ।

३. ठेक्का लिने इच्छुक व्यक्तिले आफूले कबोल गरेको अंकको नेपाली नागरिक भए ५ प्रतिशत र गैर नेपाली नागरिक भए आफुले कबोल गरेको अंकको १० प्रतिशत रकम धरौटी राख्नुपर्ने छ । धरौटीबापतको रकम यस गौरीगंगा नगरपालिकाको कार्यलयको नाममा NIC ASIA बैंक चौमाला शाखामा रहेको धरौटी खाता नं. 71CA500982524004 मा नगदै जम्मा वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंकले जारी गरेको ७५ दिन म्याद भएको बिडबण्डको सक्कल प्रति सिलबन्दी बोलपत्र साथ संलग्न गर्नुपर्ने छ ।

४. सूचनामा उल्लेख हुन नसकेका अन्य कुराहरुको हकमा प्रचलित नियम कानूनअनुसार हुनेछ ।

५. यस सूचनाका विषयमा थप जानकारी आवश्यक परेमा कार्यालय समयभित्र गौरीगंगा नगरकार्यपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना डेस्कबेञ्चहरू हटाउनका लागि लिलामी सम्बन्धी सूचना
  2. वीरगञ्ज भन्सारद्वारा सवारी साधन (मोटरसाईकल)लिलाम बिक्री
  3. नेपाल टेलिभिजनमा सरसफाई कार्य गर्न नमस्ते गार्डेनिङ कन्सल्टेन्सी स्वीकृत
  4. धित्तोमा रहेको जग्गाहरू लिलाम विक्री
  5. ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का