Merchandise Now
२६ पुष २०८१, शुक्रबार

विनयी त्रिवेणी गाउँपालिकाको बाटो स्तरोन्नति ठेक्का सम्झौता अन्त्य किन नगर्ने सम्बन्धी सूचना

१८ असार २०८०, सोमबार
विनयी त्रिवेणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय नवलपरासी, बर्दघाट सुस्ता पूर्व, गण्डकी प्रदेश, नेपाल
ठेक्का सम्झौता अन्त्य किन नगर्ने सम्बन्धी सूचना
 

यस विनयी त्रिवेणी गाउपालिका र श्री मायालुदेवि कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. विनयी त्रिवेणी – ०१, नवलपरासी (ब. सु. पु) वीच मिति २०७८ १२ ३० सम्झौता भएको तपसिलमा उल्लेखित ठेक्काको म्याद समाप्त भएको र वाह्य समस्या विना लामो समयसम्म रोकिएको यस कार्यालयबाट पटक पटक मौखिक तथा लिखित जानकारी गाराउदा समेत उक्त कार्य सम्पन्न समयमा नगरेको र म्याद थप गरिएको समय सम्म पनि उक्त कार्य गर्ने तदारुकता नदेखाएको र कार्यालयको अनुगमन तथा सुपरिवेक्षण समितिवाट स्थलगत अनुगमन गर्दा निर्माण कार्य सन्तोषजनक रुपमा नभएको, कालोपत्रे सडकको गुणस्तर कायम नभएको, कालोपत्रे उक्किएको तथा core cutting sample समेत फेल भएको हुँदा गाउपालिकाबाट पटक पटक मौखिक तथा लिखित जानकारी गराउदा समेत सम्झौता अनुरुप कार्य नगरेको, स्थानियवासीहरुबाट समेत व्यापक जन गुनासो आएको, यस कार्यालयको पत्र समेत वेवास्ता गरि निर्माण कार्यको गुणस्तर कायम नगरेको तथा निर्माणकार्य गुणस्तर कायम गरि सम्पन्न गर्ने तर्फ कुनै चासो नदेखाएको हुदा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमवाली, २०६४ बमोजिम ठेक्का सम्झौताको सर्त वमोजिम ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मनासिब कारण भएमा ७ (सात) दिनभित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टीकरणसहित आधिकारिक व्यक्ति यस कार्यालयमा उपस्थित हुन सार्वजनिक प्रकाशित गरिएको छ । साथै समयमा उपस्थित तथा स्पष्टीकरण पेस नगरेमा वा प्राप्त हुन आएको स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका सर्त, General Condition of Contract (GCC) र Special Condition of contract (SCC) तथा प्रचलित ऐन नियम बमोजिम ठेक्का अन्त्य गरि कानुनी कारवाही प्रकिया अगाडी बढाउने व्यहोरा समेत यसै साथ जानकारी गराइन्छ ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।