Merchandise Now
१३ पुष २०८१, शनिबार

वार्षिक प्रतिवेदन छपाई सम्बन्धी सूचना

२५ मंसिर २०७९, आईतवार
वार्षिक प्रतिवेदन छपाई सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रथम पटक प्रकाशित मिति : २०७४।०८।०६

सूचना नं.: ००८ – २०७४ / ८०

यस नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को लागि आ.व. २०७८ / ७९ को वार्षिक प्रतिवेदन छपाई गर्नुपर्ने भएको हुँदा यो सूचनामा उल्लेख भए बमोजिमको प्रतिवेदन छपाई सम्बन्धी सेवा दिन ईच्छुक नियमानुसार दर्ता भएका कम्पनी / फर्म तथा छापाखानाहरुबाट सो को मूल्य अभिवृद्धि कर सहित दरभाउ र कार्य अवधि समेत खुल्ने गरी उल्लेखित शर्तहरुको अधिनमा रही यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस संघमा प्राप्त हुने गरी शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन संघको आर्थिक तथा प्रशासन नीति २०७७ को परिच्छेद ६ बमोजिम यो शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशन गरिएको छ ।

तपशिल वार्षिक प्रतिवेदनको विवरण ४ पेज, २५० ग्राम आर्ट पेपर, चार कलर, म्याट लामM ४ पेज, १२० ग्राम आर्ट पेपर, चार कलर १३२ पेज, ८० ग्राम म्यापलिथो पेपर, ब्लु सिंगल कलर परफेक्ट बाईण्डिङ्ग

ए. फोर साईज

३००० थान

S.E

E

संघ आफैँले डिजाईन गरी उपलब्ध गराउने

१. सूचना प्रकाशन भएको मितिले ७ औं दिनको कार्यालय समयभित्र रितपूर्वक भरिएको दरभाउपत्र साथ ‘कम्पनी वा फर्मको दर्ता प्रमाणपत्र वा ईजाजतपत्र, स्थायी लेखा प्रमाणपत्र, आ.व. ०७७७८ को कर चुक्ता प्रमाणपत्र र गुणस्तरीय सामाग्री उपलब्ध गराउने प्रतिबद्धता पत्र सिलबन्दी खाममा संलग्न राखी यस संघको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा दर्ता गराई सक्नुपर्नेछ । यसरी दर्ता गरिने सिलबन्दी दरभाउपत्रको खाममा बाहिर स्पष्ट बुझिने गरी सूचना नं. लेखिएको हुनुपर्नेछ ।

२. दरभाउपत्र दाखिला गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय समयभित्र दाखिला गर्न सकिनेछ । ३. म्याद भित्र प्राप्त नभएका वा रित नपुगी प्राप्त भएको दरभाउपत्रहरु उपर कुनै कारवाही हुने छैन । ४. दरभाउपत्र तथा अन्य आवश्यक जानकारीका लागि यस संघमा सम्पर्क गर्न सकिनेछ  कुनै पनि दरभाउपत्र आंशिक वा पुरै स्वीकृत वा अस्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संघमा सुरक्षित रहनेछ ।

  नेफ्स्कून . विस्तृत जानकारीको लागि : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) नयाँ बानेश्वर, काठमाडौं । फोन नं. ०१ ४७९१९६३, ४७८०२०१ इमेल: nefscun@nefscun.org.np; इमेल: www.nefscun.org.np