नेपाल वायुसेवा निगम वायुसेवा पसल कबल तथा घरभाडा सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान ( प्रकाशित मिति: २०७९/१०/०६)
यस निगमको कान्तिपथस्थित प्रधान कार्यालय भवनको पश्चिमतर्फ टेबहाल सडक साइडमा अवस्थित भवनको भुइँ तल्लामा रहेका पसल कबलहरूको कुल क्षेत्रफल १५८५.५० वर्ग फिट र उत्तर-पश्चिमतर्फ रहेको पसल कबलहरूको कुल क्षेत्रफल ३३४४.०० वर्गफिट रहेको स्थानमा २ (दुई) वर्षका लागि भाडामा दिइने भएको हुँदा इच्छुक व्यक्ति, फर्म वा सङ्घ संस्थाहरूले निगमले तोकेको ढाँचामा सिलबन्दी बोलपत्र आह्वान गरिन्छ । यो सूचना प्रकाशन भएको मितिले १५ औं दिनभित्र निगमको केन्द्रीय कार्यालयस्थित दर्ता चलानी शाखाबाट रु.३,०००/-(अक्षरुपी तीन हजार रुपैयाँ मात्र) फिर्ता नहुने गरी बोलपत्र फाराम खरिद गर्न सकिनेछ र १६औँ दिन, दिनको १२:०० बजेभित्र निगमको दर्ता चलानी शाखामा बुझाउने गरी बोलपत्र आह्वान गरिन्छ र सोही दिन दिनको १३:०० बजे निगमको केन्द्रीय कार्यालयस्थित सम्पत्ति व्यवस्थापन तथा सवारी महाशाखामा आवेदन पत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्र खरिद गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा उक्त दिनहरू क्रमशः त्यसको भोलिपल्ट कार्यालय खुला रहने दिनलाई मानिनेछ । यो सूचना. निगमको वेबसाइट www.nepalairlines.com.np का साथै यस सम्बन्धी विस्तृत जानकारीका लागि निगमको सम्पति व्यवस्थापन तथा सवारी महाशाखामा सम्पर्क राख्न सकिने छ ।
उक्त पसल कबल बहालका लागि यस पूर्व प्रकाशित बोलपत्र रद्द भएकाले पूर्व प्रस्ताव पेस गर्ने बोलपत्र दाताले समेत नयाँ बोलपत्र अनुसार बोलपत्र पेस गर्न सूचित गरिन्छ ।
नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग
कान्तिपथ, काठमाडौँ ।
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य :