नेपाल वायुसेवा निगम साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग, न्युरोड, कान्तिपथ, काठमाडौँ बोलपत्र आह्वान सम्बन्धमा
(प्रथम पटक सूचना प्रकाशित मिति : २०७९।०९।०७)
यस निगमलाई आ.व. २०७९/०८० का लागि Soft Cold Drinks (For International Flights of NAC) आवश्यक भएको हुँदा निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लेखित सर्तहरूको अधीनमा रही योग्य बोलपत्र दाताहरूबाट गोरखापत्रमा प्रकाशित भएको मितिले ३१औं दिनको १२:०० बजेभित्र बोलपत्र (E-bidding/e-GP) को माध्यमबाट पेस गर्न सूचना प्रकाशित गरिएको छ । बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp यस सूचनाका सम्बन्धमा निगमको वेबसाइट www.nepalairlines.com.np का साथै थप केही जानकारीका लागि निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ ।
सम्पर्क फोन नं. ४२४८६१२, ४२२०७५७ एक्सटेन्स नं. २२१२