Merchandise Now
२६ पुष २०८१, शुक्रबार

लोक सेवा आयोगलाई स्टेशनरी तथा मसलन्द सामान आपूर्ति गर्न आह्वान

१९ असार २०८०, मंगलवार
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौ

सिलबन्दी दरभाउपत्र / बोलपत्र आह्वान सम्बन्धी सूचना सूचना नं १७०१/०७२-०८०

(गोरखापत्रमा प्रथम पटक प्रकाशित मिति: २०६०/०३/१९)

आ.व. २०८०/०८१ मा आयोगलाई आवश्यक पर्ने तपसिलमा उल्लेखित वस्तु तथा सेवा सिलबन्दी दरभाउपत्र / बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले देहाय बमोजिमको शर्तहरुको अधीनमा रही रित पूर्वकको सिलबन्दी दरभाउपत्र / बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

दरभाउपत्र/बोलपत्र फाराम खरिद गर्न इच्छुक फर्म, संस्था वा कम्पनीले प्रथम पटक सूचना प्रकाशित भएको मितिले बोलपत्रको हकमा ३० औं दिन र दरभाउपत्रको हकमा १५ औं दिनसम्म कार्यालय समयभित्र चालु आ.व. को लागि नवीकरण भएको फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, व्यवसाय दर्ताको इजाजतपत्र, स्थायी लेखा दर्ता प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र एवम् आ.व. ०७८ / ०७२ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, बोलपत्रदाताने खरिद कारवाहीमा भाग बिन अयोग्य नभएको प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नवानिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसूरमा आफूले सजाय नपाएको भनी लिखित रुपमा गरेको स्वयम् घोषणा पत्रहरु अनिवार्य रुपमा संवग्न राखी लिखित निवेदन सहित बोलपत्रको हकमा रु.३,०००/- (फिर्ता नहुने गरी र सिलबन्दी दरभाउपत्रको हकमा रु.१,०००/- (फिर्ता नहुने गरी) राजस्व दस्तुर बुझाई यस आयोगको जिन्सी शाखा कमलपोखरीबाट खरिद गर्न सकिनेछ ।

 

२. खरिद गरिएको दरभाउपत्र प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६ औं दिन र बोलपत्र ३१ औं दिन दिनको १२.०० बजे भित्र यस आयोगको नाममा सम्बोधन गरी दरभाउपत्र / बोलपत्र फाराम पेश गर्नेको नाम, ठेगाना र फोन नं. उल्लेख गरी सही छाप गरी सिलबन्दी बाहायप बगाई खामको बाहिर कामको विवरण, ठेक्का नं. समेत उल्लेख गरी बुँदा नं १ मा उल्लेख भएका शर्तहरुको अधीनमा रही सो बमोजिमका कागजातहरु संलग्न राखी यस आयोगको प्रशासन शाखामा दर्ता गराइसक्नु पर्नेछ । सो सिलबन्दी दरभाउपत्र / बोलपत्र दर्ता गर्ने अन्तिम दिन दिनको २.०० बजे बोलपत्रदाता / दरभाउपत्रदाता वा निजहरुले अख्तियारनामा दिई पठाएका प्रतिनिधीहरु समेतको रोहबरमा खोलिनेछ । सिलबन्दी दरभाउपत्रदाता / बोलपत्रदाता वा निजका प्रतिनिधी उपस्थित नभए पनि बोलपत्र/दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

 

३. सिलबन्दी बोलपत्र/दरभाउपत्र साथ जमानत वा तपसिलमा उल्लेख गरे बमोजिमको जमानत रकम कार्यालय कोड २१ ०००-३५०१ र कोष तथा लेखा नियन्त्रक कार्यालय, बबरमहलको नाममा नेपाल राष्ट्र बैंक, बालुवाटारमा रहेको धरौटी खाता नं. १२०-१२०० ००१००२५२४ मा दाखिला गरेको सक्कलै बैंक भौचर वा यस आयोगको नाममा जारी गरिएको बोलपत्र दाखिला हुने अन्तिम दिनबाट गणना हुने गरी बोलपत्रको हकमा १२० दिन र दरभाउपत्रको हकमा ९० दिन अबधि (Validity) रहेको सक्कल बैंक जमानीपत्र ( Unconditional Bid bond) संलग्न गरी पेश गर्नुपर्नेछ 

म्याद नाघी आएको वा रीत नपुगेको वा कुनै पनि शर्त राखी पेश गरेको सिलबन्दी बोलपत्र/दरभाउपत्र उपर कुनै कारवाही हुनेछैन । बोलपत्र/दरभाउपत्र सम्बन्धी सम्पूर्ण कुराहरु यसमा लेखिए बमोजिम र यसमा उल्लेख नभएको हकमा प्रचलित कानून बमोजिम हुनेछ । ६. बोलपत्र/दरभाउपत्र खरिद गर्ने तथा पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा उल्लेखित कार्यहरु सोको भोलिपल्ट कार्यालय खुलेको दिन हुनेछ । ७. बोलपत्र/दरभाउपत्र स्वीकृती पश्चात् बोलपत्र/दरभाउपत्रको BOQ मा उल्लेखित मालसामानहरु आयोगमा आपूर्ति गर्दा कम्पनीको होलोग्राम भएको Original सामानहरु मात्र उपलब्ध गराउनु पर्नेछ । ठेक्का नं ७ को हकमा आवेदन दिने आवेदकले जिल्ला प्रशासन कार्यालयबाट छपाइ सम्बन्धी कार्य गर्नको आगि इजाजत प्राप्त गरेको हुनु पर्नेछ  बोलपत्र/दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस आयोगमा सुरक्षित रहनेछ । ९. प्रत्येक ठेक्का नं. को फरक/फरक टेण्डर डकुमेन्ट खरिद गरी पेश गर्नु पर्नेछ । यस सम्बन्धी सूचना आयोगको website: www.psc.gov.np.मा समेत हेर्न सकिनेछ । १०. बोलपत्र/दरभाउपत्र सम्बन्धी अन्य कुराहरु बुझनु परेमा यस आयोगको जिन्सी शाखामा सम्पर्क गर्न सकिनेछ ।
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।