ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय
पुल्चोक ललितपुर, बागमती प्रदेश, ललितपुर, नेपाल खरिद इकाई
अत्यावश्यक औषधी खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रकाशित मिति: २०७९ / ९/१० सूचना नं ५ / ०७९/०८०
अन्य समाचारयस महानगरपालिका कार्यालयको लागी अत्यावश्यक औषधी खरिद गर्नु पर्ने भएको हुंदा ईच्छुक तथा योग्यता पुगेका फर्म/सप्लायर्स/कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नेपाल बैंक लिमिटेडमा यस कार्यालयको नाममा रहेको आम्दानी खाता नं ०१८०३०००००१००१०००००१ मा दरभाउपत्र फाराम वापतको रकम रु. १०००/- (अक्षरुपी एक हजार) नगद दाखिला गरि खरिद इकाईबाट दरभाउपत्र फाराम लिने र दरभाउपत्र जमानत बापतको रकम सोही बैंकमा रहेको धरौटी खाता नं ०१८०३०००००३००००००००१ मा रु १,०५,०००/- (अक्षरुपी एक लाख पाँच हजार रुपैंया) दाखिला गरि सो को सक्कल भौचर सहित १६ औं दिन अर्थात २०७९/९/२५ गतेका दिन १२.०० बजे भित्रमा रितपूर्वकको शिलबन्दी दरभाउपत्र दर्ता गरी यस कार्यालयको खरिद इकाईमा पेश गर्नु हुन जानकारी गरिन्छ । साथै अन्य विस्तृत जानकारीका लागि खरिद ईकाईमा सम्पर्क राख्न सकिनेछ।