Merchandise Now
२६ पुष २०८१, शुक्रबार

मसलन्द (कार्यालय संचालनका) सामानहरु खरिद

२९ असार २०८०, शुक्रबार
विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराटनगर, कोशी प्रदेश, नेपाल मसलन्द (कार्यालय संचालनका) सामानहरु खरिदको लागि बोलपत्र आव्हानको सूचना

प्रथम पटक सूचना प्रकाशित मिति: २०८० / ०३ / २४

विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले शिलबन्दी बोलपत्रको माध्यमबाट नमुना अनुसारको कार्यालय सामाग्री (मसलन्द का सामानहरु खरिद गर्न विराटनगर महानगरपालिका यो बोलपत्र आव्हान गर्दछ । योग्य बोलपत्रदाताहरुले यस सम्बन्धी थप जानकारीको लागि बोलपत्र सम्बन्धी कागजात हेर्न (अध्ययन गर्न चाहेमा विराटनगर महानगरपालिका जिन्सी शाखामा सम्पर्क गर्न सकिन्छ ।

शिलबन्दी बोलपत्र सम्बन्धी कागजात यो सूचना पत्रिकामा प्रकाशित भएको मितिले बोलपत्रको हकमा ३० औ दिन कार्यालय समयभित्र रु.३,००० (तीन हजार) कृषि विकास बैंक विराटनगरमा रहेको यस महानगरपालिकाको आम्दानी खाता न. 0601601145973113 मा फिर्ता नहुने गरि जम्मा गरेका भौचर को सक्कलै बोलपत्र साथ संलग्न गर्नुपर्नेछ ।

इच्छुक फर्म, कम्पनी वा संस्थाले बोलपत्र खरिद गर्दा आ.व. २०६०/०६१ सम्मको नविकरण गरिएको सम्बन्धित विषयको कारोवार गर्ने इजाजत पत्र वा फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, नागरिक्ताको प्रमाणपत्र र आ.व. २०७८ / ०७९ सम्मको करचुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपीहरु, न.पा. व्यवसाय प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ ।

बोलपत्र फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० औं दिन कार्यालय समयसम्म यस महानगरपालिकाबाट खरिद गर्नुपर्नेछ बोलपत्र पेश गर्दा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१ औं दिन दिनको १२:०० बजेसम्म यस महानगरपालिकामा दर्ता गराई सक्नुपर्नेछ । साथै के कामको लागि बोलपत्र फाराम पेश गर्न लागिएको हो सो कामको विवरण नाम, ठेगाना, फोन नं. समेत खुलाई पेश गर्नुपर्नेछ ।

पेश भएका बोलपत्रहरुको हकमा ३१ औं दिनको १ बजे बोलपत्रदाता वा निजहरुका प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न वाधा पर्ने छैन । बोलपत्र दाखिला गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्य विदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोहि समयमा हुनेछ ।

बोलपत्र साथ यस कार्यालयको कृषि बिकास बैंक मुख्य शाखा कार्यालय विराटनगरमा रहेको धरौटी खा. न. 0601601145973032 मा रु. १,७०,००० (एक लाख सत्तरी हजार) जम्मा गरेको सक्कल भौचर वा मान्यताप्राप्त बैकंबाट कम्तिमा १२० दिनको मान्यता भएको बैंक ग्यारेन्टीको सक्कलै पत्र बोलपत्र साथ संलग्न हुनुपर्नेछ । बोलपत्र पेश गर्दा मुल्य अभिवृद्धि कर वाहेकको दर पेश गर्नुपर्नेछ ।

  • १०. शिलबन्दी बोलपत्र फाराममा उल्लेखित सम्पुर्ण आईटमहरुको दररेट उल्लेख गर्नुपर्नेछ ।
  • ११. कार्यालयमा सामान दाखिला हुन आउदा ग्यारेन्टी वारेन्टीका कागजातहरु पनि संलग्न हुनुपर्नेछ ।
  • १२. यस सूचनामा उल्लेख हुन छुट भएका कुराहरु कार्यालयबाट उपलब्ध भएको बोलपत्र अनुसरमा र अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ एवम् प्रचलित ऐन नियमानुसार हुनेछ ।
  • १३. स्वम घोषणापत्र समावेश गर्नुपर्नेछ । खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको स्वार्थ नवाझिने र व्यावसाय सम्बन्धी कसुरमा सजाय नपाएको भन्ने लिखित घोषणा गरेको कागजात बोलपत्र साथ अनिवार्य रुपमा संलग्न गर्नुपर्छ ।
  • १४. रकम भुक्तानी गर्दा १.५ प्रतिशत आयकर, १.५ प्रतिशत न. पा. शुल्क र ५ प्रतिशत धरौटी वापतको रकम प्राप्त हुने विलको रकम कट्टा गरी भूक्तानी गरिनेछ ।
Notice:Arthik 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

      v