मिति : २०८०।०३।११ गते
यस सेन्टरको लागि आवश्यक निम्न लिखित जनरल सामान, ल्याब रिएजेण्ट तथा मेडिकल उपकरण आपूर्ति गर्न इच्छुक फर्महरूले यो सूचना गोरखापत्रमा प्रकाशित भएको मितिले ३० (तीस) औं दिनको ५:०० बजेभित्र यस सेन्टरको क्यास काउन्टरमा प्रत्येक बोलपत्रको छुट्टाछुट्टै दस्तुर नगद तिरी निवेदनसंगै फर्म दर्ता प्रमाणपत्र, भ्याट दर्ता प्रमाणपत्र तथा आ.ब. २०७८ ०७९ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपिहरू – पेश गरी सामान्य प्रशासन शाखाबाट बोलपत्र फारम लिई नियमानुसार भरी बुझाउन बोलपत्र आब्हान गरिन्छ । बोलपत्र दर्ता गर्दा आफुले कबोल गरेको ठेक्का रकमको २.५ प्रतिशतले हुन आउने रकम यस सेन्टरको महाराजगञ्जस्थित हिमालयन बैंक लिमिटेडको चल्ति हि.नं ००२०२५३५८८००१७ मा जम्मा गरेको सक्कलै बैंक भौचर वा यस सेन्टरको नाममा चार महिना म्याद भएको बैंक जमानीपत्र अनिवार्य रुपमा संलग्न गरि पेश गर्नुपर्नेछ । म्याद नाघि आएको र रितपूर्वक नआएको बोलपत्रहरूमाथि कुनै कारवाही गरिनेछैन । दर्ता भएका बोलपत्रहरू निम्नानुसारको समय र मितिमा खोलिनेछ । बोलपत्रसम्बन्धी थप जानकारीका लागि यस सेन्टरको सामान्य प्रशासनमा सम्पर्क राख्नुहोला ।