Merchandise Now
१७ पुष २०८१, बुधबार

भेरीगंगा नगरपालिका सुर्खेतमा ३ रोपनी जग्गा खरिद कार्य

८ माघ २०७९, आईतवार
भेरीगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कर्णाली प्रदेश, सुर्खेत
जग्गा खरिद सम्बन्धि सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित (मिति २०७४।१०।७ गते )
यस नगरपालिका अन्तर्गत ७ नं. वडा कार्यालय भवन निर्माण गर्नु पर्ने भएकाले जग्गा बिक्री गर्न इच्छुक व्यक्ति वा संस्थाले तपसिल बमोजिमको शर्तहरुको अधिनमा रही रितपुर्वकको दरभाउपत्र पेश गर्न हुन यो सुचना प्रकाशित गरिएको छ ।

१. यो सुचना प्रकाशित भएको मितिले १५ औ (पन्ध्र) दिनको कार्यालय समयभित्र दरभाउपत्र फारम यस कार्यालयबाट दरभाउपत्र दाताले आ.ब. ०७८।०७९ को तिरो तिरेको नगदी रसिद लालपूर्जा प्रमाणपत्रको प्रतिलिपी नेपाली नागरिताको प्रमाणित प्रतिलिपी र निवेदनसाथ यस कार्यालयको स्थानिय तह संचितकोष खाता नं. ०७२१००११४६०३७२२१ मा रु.१०००। (एकहजार) जम्मा गरेको सक्कल भौचर वा कार्यालयलबाट नगद जम्मा गरी लिइएको नगदी रसिद ( रकम फिर्ता नहुने गरी) पेश भएपछि नियमानुसार दरभाउपत्र यस कार्यालयबाट उपलब्ध गराइनेछ ।

२ खरिद गरिएका दरभाउपत्र फारमहरुको महलहरु स्पष्ट रुपमा भरी प्रत्येक पानामा सहिछाप गरी प्रथम पटक सुचना प्रकाशित भएको मितिले १६ औं दिनको १२:०० बजे भित्र यस कार्यालयमा उपस्थित भई दरभाउपत्र दर्ता गराउन सकिने छ ।

दरभाउपत्र फारमसाथ जमानत वापतको रकम यस कार्यालयको कृषि विकास बैंक लि. छिन्चु शाखा कार्यालय स्थित रहेको धरौटी खाता नं. ०७२१००११४६०३७१६७ मा दाखिला गरेको सक्कल भौचर वा मान्यता प्राप्त बैंकबाट यस कार्यालयको नाममा जारी गरिएको ७५ दिन म्याद भएको जमानीपत्र (बिडबण्ड) दरभाउसाथ पेश गर्नुपर्नेछ । यसरी पेश गरिने जमानत बापतको भौचर, रसिद वा बिडवण्ड यो सूचना प्रकाशित भएको मिति पछिकोलाई मान्यता दिइनेछ ।

४ दर्ता हुन आएका सिलबन्दी दरभाउपत्र फारमहरु यस कार्यालयमा दरभाउ पत्रदाताहरु वा निजको प्रतिनिधीहरुको रोहवरमा खोलिनेछ । निजहरुको अनुपस्थितीमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । फारम खरिद गर्ने वा दाखिला गर्ने दिन सार्वजनि विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।

पेश भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस नगरपालिमा सुरक्षित रहनेछ । रित नपुगेका र म्याद नाघि आएका दरभाउपत्र उपर कुनै कारबाही गरिने छैन । दरभाउपत्र संबन्धि अन्य शर्तहरु दरभाउपत्र फारममा उल्लेख गरे बमोजिम हुनेछन ।

अन्य कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ ( बाद औं संशोधन सहित) बमोजिम हुनेछ ।अन्य थप केही कुराहरु बुझनु परेमा कार्यालय समयभित्र यस कार्यालयको टेलिफोन नं. ०८३५४०१५४ मा सम्पर्क गरी बुझ्न सकिनेछ । ठेक्का नं. ०१/०७९/ ०८०/ज ख कामको विवरण जग्गाको चार किल्ला पुर्वमा रुमाले खोला, पश्चिममा प्रा.वि. मूलपानी, उत्तरमा डुमकोट खोला र दक्षिणमा कार्कीको पिपल चौतरा ।

आवश्यक क्षेत्रफल(२ देखि ३ रोपनी) दरभाउपत्र फारम दस्तर जमानत रकम १०००| कम्तिमा कबोल अंकको २.५ प्रतिशत प्रमुख प्रशासकिय अधिकृत
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य :

 
  1. नेपाल टेलिकमलाई सवारी चालक सेवा प्रदान गर्न आव्हान

  2. रेशा कपास र बिऊं बिक्री

  3. PROCUREMENT OF WORLDWIDE COURIER SERVICES

  4. STORE SHED CONSTRUCTION WORKS AT NEPAL TELECOM-BIRATNAGAR