Merchandise Now
२६ पुष २०८१, शुक्रबार

बढैयाताल गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) डिजाईन गर्न आव्हान

१७ असार २०८०, आईतवार
बढैयाताल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय लुम्बिनी प्रदेश, नेपाल मैनापोखर, बर्दिया
गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) डिजाईन सम्बन्धि सूचना

( प्रकाशित मिति २०८० / ०३ / १७ गते)

बढैयाताल गाउँपालिका गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार बढैयाताल गाउँपालिकाको विस्तृत आकृति झल्किने गरी गाउँपालिकाको लोगो निर्माण गर्न सार्वजनिक सूचना मार्फत प्रस्ताव आह्वान गरिएको छ । गाउँपालिकामा प्राप्त हुन आएका प्रतिक चिन्ह (लोगो) मध्येबाट छनोट भएको उत्कृष्ट प्रतिक चिन्ह (लोगो) लाई स्वीकृत गर्दै उक्त प्रतिक चिन्ह (लोगो) डिजाइनकर्तालाई पुरस्कार स्वरूप रु. ४०,०००/- (अक्षेरुपी चालिस हजार मात्र) र प्रमाणपत्र प्रदान गरिने छ । प्रतिक चिन्ह (लोगो) बढैयाताल गाउँपालिकाको कार्यालयमा बुझाउन र इमेलबाट पठाउन सकिने छ । लोगो छनोटको अन्तिम अधिकार गाउँपालिकामा नै रहने छ । लोगो डिजाइनको कार्य सूचना प्रकाशित भएको मितिले ३० दिन (मिति २०८० साउन १५ गतेसम्म ) भित्र गाउँपालिकाको कार्यालयमा पठाईसक्नु पर्नेछ र म्याद सकिए पछि प्राप्त भएका डिजाइनहरुलाई प्रतिस्पर्धामा सामेल गराईने छैन । सामुहिक रुपमा गरिएको डिजाइनलाई मान्यता दिईने छैन । लोगोमा डिजाइन अनुसारको व्याख्या समेत उल्लेख गरि पेश गर्नु पर्नेछ । प्रारम्भिक चरणमा छनोट भएका तिन जना डिजाईनरलाई लोगोको बिस्तृत विवरणसहितको प्रस्तुतिको लागि बोलाइनेछ ।

थप जानकारीका लागि सम्पर्क:

  1. बढैयाताल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मैनापोखर, बर्दिया, लुम्बिनी प्रदेश, नेपाल
  2. फोन नं. : ९८५८०३८८८८ र ९८६११८१७३१

इमेल:badhaiyatal2073@gmail.com/ito.badhaiyatalmun@gmail.com/info@badhaiyatalmun.gov.nप्रमुख प्रशासकीय अधिकृत

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना डेस्कबेञ्चहरू हटाउनका लागि लिलामी सम्बन्धी सूचना
  2. वीरगञ्ज भन्सारद्वारा सवारी साधन (मोटरसाईकल)लिलाम बिक्री
  3. नेपाल टेलिभिजनमा सरसफाई कार्य गर्न नमस्ते गार्डेनिङ कन्सल्टेन्सी स्वीकृत
  4. धित्तोमा रहेको जग्गाहरू लिलाम विक्री
  5. ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का