Merchandise Now
२७ पुष २०८१, शनिबार

फेदाप गाउँपालिकामा steel parts and Parts आपूर्ति गर्न आव्हान

७ फाल्गुन २०७९, आईतवार

फेदाप गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, पोक्लाबाङ, तेह्रथुम, १ नं. प्रदेश, नेपाल, शिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना, प्रथम पटक प्रकाशित मिति २०७४/११/०६

यस फेदाप गाउंपालिका अन्तर्गत फेदाप ४ सम्बुमा केराबारी झोलुई पुल निर्माणमा प्रयोग हुने लागत अनुमानमा समावेश भएका steel parts and Fixtures] शिलबन्दी दरभाउपत्रद्वारा खरिद गर्नुपर्ने भएकाले तपसिलमा उल्लेख भएका शर्तको अधिनमा रही यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । शर्तहरुः दरभाउपत्र फारम वापत रु १०००/- (एक हजार मात्र फिर्ता नहुने गरी यस कार्यालयको नाममा नविल बैंक लिमिटेड फेदाप शाखामा रहेको आन्तरिक राजश्व खाता नं. 23201017500039 मा जम्मा गरेको सक्कलै भौचर वा राजश्व शाखामा रसिद काटि तथा ईजाजत प्राप्त फर्म, सप्लायर्स, कम्पनी व संस्थाले आफ्नो फर्म, संस्था वा कम्पनी दर्ता प्रमाण पत्र ( आ. व. २०७९ ८० सम्मको नविकरण गरिएको), स्थायी लेखा नम्बर तथा मु.अ.कर दर्ता प्रमाण पत्र, आ.व. २०७९ ०८० को कर चुक्ता प्रमाण पत्र लगायतका कागजातहरुको प्रतिलिपि पेश गरे पछि दरभाउपत्रको हकमा २०७९ १०२० सम्म कार्यालय समय भित्र खरिद गर्न सकिने छ । खरिद भएको दरभाउपत्र मिति २०७९ ११ २१ गते १२:०० बजेभित्र यस कार्यालयमा दर्ता गराई सक्नु पर्नेछ। दर्ता हुन आएका दरभाउपत्र सोही दिन दिनको २.०० बजे यसै कार्यालयमा प्रतिनिधि दरभाउपत्र दाताको रोहवरमा खोलिनेछ तर उक्त समयमा दरभाउपत्र दाताको प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पुग्ने छैन । दरभाउपत्र पेश गर्दा तपसिल अनुसारको रकम यस कार्यालयको नविल बैंक लिमिटेड फेदाप शाखामा रहेको धरौटी खाता नं. 23201017500025 मा जम्मा गरेको सक्कलै बैंक भौचर वा मान्याता प्राप्त ‘क’ वर्गक वाणिज्य बैंकबाट जारी गरिएको ७५ दिन सम्म मान्य हुने अवधिको सक्कलै बैक ग्यारेन्टी पेश गर्नुपर्ने छ । दरभाउपत्र दाता खरिद कारबाहीमा भाग लिन अयोग्य नभएको प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नवाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसूरमा आफुले सजाय नभएको भनी लिखित रुपमा गरेको घोषणा पत्र दरभाउपत्र साथ पेश गर्नुपर्ने छ ।

प्राप्त दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने घटि वा बढि अकवालालाई दिने वा नदिने सो सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।

दरभाउपत्र शर्तरहीत, केरमेट नभएको कार्यालयबाट खरिद भएको फारममा नै भरिएको, कुनै थपघट वा दृष्यष्ट नलेखेको हुनुपर्ने छ । समायमा प्राप्त नभएको, रीत नपुगेको, सूचनाको शर्त विपरित भएको दरभाउपत्र माथी कुनै कारवाही हुनेछैन ।

दरभाउपत्र खरिद वा दर्ता गर्ने फर्महरुले कामको सम्बन्धमा राम्रोसंग बुझी भरेको मानिने छ ।

दरभाउपत्र भर्दा दररेट केरमेट नगरी प्रष्ट रूपमा अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्ने छ । अंक र अक्षरमा दररेट फरक परेमा अक्षरमा उल्लेख भएको रकमलाई मान्यता दिईने छ ।

१०. दरभाउपत्र खरिद गर्ने वा बुझाउने अन्तिम दिन बिदा पर्न गएमा सो को भोलि पल्ट सोही समयमा उक्त कार्यहरु हुनेछ ।

११. दरभाउपत्र पेश गर्दा फेदाप गाउंपालिकाको कार्यालयमा पेश गर्नुपर्ने छ ।

दरभाउपत्रमा दररेट उल्लेख गर्दा भ्याट बाहेकको मुल्य उल्लेख गर्नुपर्ने छ ।

दरभाउपत्रमा कुनै पनि नक्कली कागजात पेश गरेको पाइएमा निज दरभाउपत्र दाताको दरभाउपत्र रद्द गरी कालो सूचीमा समावेश गर्न निकायमा सिफारिस गरिनेछ ।

१४. नियमानुसार नेपाल सरकार तथा अन्य निकायमा लाग्ने कर दस्तुर आदि सम्पूर्ण दरभाउपत्र दाता स्वयं बेहोर्नुपर्ने छ ।

१५. एक फर्मको नाममा दरिद भएको दरभाउपत्र फारम अर्को फर्मको नाममा दाखिला गर्न पाईन छैन।

१६. यस सूचनामा लेखिएका शर्त यसै बमोजिम र अन्य शर्तहरूको हकमा सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ एवं नेपाल सरकारको प्रचलित कानून अनुसार हुने छ ।

अन्य :

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला

   
  1. २०८० सालको क्यालेण्डर छपाई कार्य गर्न आव्हान
  2. इनोभेटिभ इन्टेरियरले राष्ट्रिय वाणिज्य बैंकमा इन्टेरियर गर्न स्वीकृत
  3. ठेक्का तोड्ने बारे अत्यन्त जरुरी सूचन