Merchandise Now
१० मंसिर २०८१, सोमबार

राष्ट्रिय दैनिकपत्रिकाहरुमा  सूचना प्रकाशन कार्यको लागी सिलबन्दी प्रस्ताब आहवान

२४ असार २०८०, आईतवार
पनौती नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पनौती, काभ्रेपलाञ्चोक
राष्ट्रिय दैनिकपत्रिकाहरुमा  सूचना प्रकाशन कार्यको लागी सिलबन्दी प्रस्ताब आहवान

(सूचना प्रकाशित मिति : २०८०/०३/२२)

पनौती नगर कार्यपालिकाको कार्यालयबाट आर्थिक वर्ष २०८० ०८१ मा सम्पादन गरिने विभिन्न निर्माण कार्य वस्तु तथा सेवा खरिद कार्य लगायत विविध सूचनाहरु “क” वर्गका राष्ट्रिय दैनिक पत्रिकाहरुमा आवश्यकता अनुसार आ.व. २०८०/८१ को विभिन्न मिति / समयमा प्रकाशन गर्नुपर्ने भएको हुँदा एडभरटाईजिङ्ग एजेन्सी / सो कार्यका लागि अनुमती प्राप्त फर्महरुले पत्रिकामा सूचना प्रकाशनको स्वीकृत दररेट र उक्त दररेटमा के कति छुटमा सूचना प्रकाशन गर्न सकिने हो सो सम्बन्धी सिलबन्दी प्रस्ताव निम्न शर्तहरुको परिधि भित्र रही पेश गर्ने प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ । शर्तहरु

  1. यो सूचना प्रकाशित भएको मितिले १५ पन्ध्र दिन ( कार्यालय समय) भित्र कुन कुन राष्ट्रिय दैनिक पत्रिकामा के कति सूचना प्रकाशन गर्न सकिने हो सो उल्लेख गरी रु. १०/- को नगदी रसिद संलग्न गरी सिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।
  2.   प्राप्त सिलबन्दी प्रस्तावहरु सूचना प्रकाशित मितिले १६ (सोह) औं दिनको २:०० बजे प्रस्तावदाता वा निजको प्रतिनिधी र कार्यालयका प्रतिनिधिहरुको रोहबरमा खोलिनेछ । प्रस्तावदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि प्रस्ताव बोल्न कुनै बाधा पर्ने छैन ।
  3.  प्रस्तावदातालें प्रस्तावसाथ एजेन्सी दर्ता प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, आ.व. २०७८ ७९को कर चुक्ता प्रमाणपत्र तथा राष्ट्रिय दैनिक पत्रिकाबाट एजेन्सीको कार्य गर्न प्रदान गरेको स्वीकृतपत्रको प्रतिलिपी प्रमाणित गरी पेश गर्नु पर्नेछ ।
  4. प्रस्ताव फाराम बाहिर प्रस्तावदाताले फर्म / एजेन्सीको नाम, ठेगाना, सम्पर्क नं. तथा विषय स्पष्ट संग उल्लेख गर्नु पर्नेछ । ५. पेश हुन आएका प्रस्तावित दररेटहरु मध्ये बढी छुट प्रस्ताव गरेका प्रस्तावकको प्रस्ताव छनौट गरिनेछ ।
  5. यस सूचनामा उल्लेख नभएका कुराहरु प्रचलिन कानून बमोजिम हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत

Notice Published in Annapurna Post पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।