Merchandise Now
२८ पुष २०८१, आईतवार

नेपाल एपीएफ स्कूलमा राशन आपूर्ति गर्न आव्हान

१८ माघ २०७९, बुधबार
नेपाल सरकार, गृह मन्त्रालय, नेपाल एपीएफ स्कूल , कीर्तिपुर, काठमाण्डौ ।

राष्ट्रियस्तरको बोलपत्र आहवानको सूचना नं. (NAPFSCHOOL/NCB/R/01/2079/080) सूचना प्रकाशन मितिः २०७९ / १० / १८ गते ।

१. नेपाल एपीएफ स्कूलमा कक्षा ४ देखी कक्षा १२ सम्म अध्ययनरत ७५६ ( विद्यार्थी संख्यामा थपघट हुन सक्ने) आवासीय छात्र / छात्राहरुको लागि २०८० साल बैशाख १ गतेदेखि २०८० साल चैत्र मसान्तसम्म जम्मा ३०५ दिन (स्कुल बिदा कट्टा गरी) को लागि e-bidding माध्यमबाट राशन सामाग्रीहरु आपूर्ति गर्नुपर्ने भएकोले राशन आपूर्ति सम्बन्धी व्यवसाय गर्न सम्बन्धित निकायबाट ईजाजत प्राप्त ईच्छुक नेपाली बोलपत्रदाताहरुबाट बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । २. सार्वजनिक खरिद अनुगमन कार्यालयको अन्तरिम Portal: www.bolpatra.gov.np/egp बाट राशन सामाग्रीहरु खरिद सम्बन्धी e-bidding को कार्य हुनेछ । उक्त web मा Login गरी प्राप्त निर्देशन अनुसार इच्छुक बोलपत्रदाताहरुले भाग लिन सक्नेछन । ३. बोलपत्र सम्बन्धी कागजातको दस्तुर रु. ५,०००/- (फिर्ता नहुने) यस बिद्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, किर्तिपूरमा रहेको खाता नं. ११७०१००००११२०००१ मा नगदै जम्मा गरेको बैंक भौचरको Scanned Copy PDF Format मा Upload गर्नु पर्नेछ । ४. बोलपत्रदाताले बोलपत्रसाथ पेश गर्नुपर्ने सम्पूर्ण कागजातहरु मिति २०७९/११/१९ गते १२:०० बजे भित्र www.bolpatra.gov.np/egp मा Scanned Copy PDF Format मा Upload गरी सक्नु पर्नेछ ।

५.बोलपत्रसाथ यस बिद्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय किर्तिपूर स्थित धरौटी खाता नं. ११७०१००००११२०००१ मा रु.१५,३५,०००।- (अक्षेरुपी पन्ध्र लाख पैत्तिस हजार मात्र) नगदै जम्मा गरेको बैंक भौचर वा सो रकम बराबरको कुनै बाणिज्य बैंक वा वित्तिय संस्थाबाट यस बिद्यालयको नाममा जारी भएको कार्य प्रयोजन खुलेको बोलपत्र जमानत पेश गर्नु पर्नेछ । सोको मान्य अवधि बोलपत्र पेश गर्ने अन्तिम मितिबाट गणना गर्दा बोलपत्रको मान्य अवधि (९० दिन) भन्दा कम्तिमा पनि ३० दिन बढी हुनु पर्नेछ।६. Pre Bid Meeting मिति २०७९ / ११ / ०८ गते १३:०० बजे नेपाल एपीएफ स्कुल किर्तिपुरमा राखिएको छ।७.बोलपत्र सम्बन्धी थप जानकारीका निमित्त यस बिद्यालयको फोन नं. ०१-५२१३००३ मा सम्पर्क गर्न सकिने छ । साथै बिस्तृत सूचनासशस्त्र प्रहरी बल, नेपालको website: www.apf.gov.np र www.ppmo.gov.np मा समेत हेर्न सकिने छ ।

   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   

अन्य :

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान