Merchandise Now
१९ पुष २०८१, शुक्रबार

धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री बोलपत्र आव्हान

७ पुष २०७९, बिहीबार

NIC ASIA, एन आई सी एशिया बैंक लि., एन आई सी एशिया बैंक लिमिटेड रजिष्टर्ड कार्यालय: ट्रेड टावर थापाथली, काठमाडौं वडा नं. ११ फोन नं.: +९७७-१-५११११७७/७८/CC, फ्याक्स: +९७७-१-५११११८० टोल फ्री नं.: १६६०-०१-७७७७१ सुझावको लागि: FB टाइप गरी ३४४८८ मा SMS पठाउनुहोस् कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाण्डौं ।

सम्पर्क फोन : +९७७-१-०-४२६६५२०/२२ (एक्सटेन्सन ः २०८/२२५/२२६)

धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री बोलपत्र आव्हान सम्बन्धी ७ (सात) दिने सार्वजनिक सूचना यस बैंकबाट तपसिलमा उल्लेखित ऋणीले प्राप्त गर्नुभएको ऋण कर्जा बैकसँगको सम्झौताको शर्त बमोजिम नर्तिनु नबुझाउनु भएको हुँदा सो सम्बन्धमा पटक पटक मौखिक तथा लिखित रुपमा तरताकेता गर्दा समेत ऋणकर्जा चुक्ता भुक्तान नगर्नु भएको र मिति २०७२/०७/०३ को राष्ट्रिय स्तरको दैनिक पत्रिका “नयाँ पत्रिका” मा ऋणकर्जा चुक्ता भुक्तान गर्नको लागि ३५ दिने सार्वजनिक सूचना तथा मिति २०७२/०८/०९ को राष्ट्रिय स्तरको दैनिक पत्रिका “नयाँ पत्रिका” मा धितोमा रहेको चल अचल सम्पति लिलाम बिक्रि बोलपत्र आव्हान सम्बन्धी १५ (पन्ध्र) दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत उक्त ऋणकर्जाको बाँकी साँवा व्याज चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरी नर्ति नबुझाउनु भएको हुँदा ऋणीले बैकसँग गरेको ऋणकर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लंघन गर्नु भएकोले सो ऋणकर्जाको सुरक्षण वापत धितो लेखिदिएको तपसिलमा उल्लेखित चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा प्रचलित कानूनको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरी बैंकको लेना रकम असुल उपर गर्नको लागि यो ७ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । धितोमा रहेको उक्त सम्पतिहरु गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले यो सूचना प्रकाशित भएको ७ (सात) दिन (सो दिन सार्वजनिक बिदा परेमा बिदा पश्चात लगतै कार्यालय खुलेको दिन) को कार्यालय समय भित्र बोलपत्र फारममा उल्लेखित शर्तहरुको अधिनमा रही रीतपूर्वक भरी यस बैकको केन्द्रिय कार्यालय, कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर काठमाडौंमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्न आब्हान गरिन्छ । साथै, प्रस्तुत लिलाम प्रक्रियाबाट धितोमा रहेको तपसिल वमोजिमको चल अचल सम्पति लिलाम विक्री हुन नसकेमा वा लिलाम बिक्री हुँदा बैंकले असुल उपर गर्नुपर्ने सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८, सोको नियमावली, २०५९ तथा प्रचलित कानून वमोजिम ऋणी तथा जमानीकर्ताको अन्य चलअचल जायजेथा, श्रीसम्पत्तिबाट समेत बाँकी लेना रकम असुल उपर गरिने व्यहोरा ऋणी, घितो सुरक्षण तथा जमानत दिनुहुने व्यक्ति तथा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा अवगत गराईन्छ ।

 

१) नेपाल सरकार उद्योग मन्त्रालय वाणिज्य विभाग, घरेलु तथा साना उद्योग विकास समिति, मुख्य शाखा कार्यालय, सुर्खेतमा प्रा. फ.र.नं. १७२८/०६७/०६८ अन्तर्गत मिति २०६७ /१०/१२ मा प्राईभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम दर्ता भएको सुर्खेत जिल्ला, बिरेन्द्रनगर न.पा. वडा नं. ६ स्थित खड्का सप्लायर्स

प्रोप्राईटर तथा जमानीकर्ता: इन्द्र बहादुर खड्का स्थायी ठेगाना: सुर्खेत जिल्ला, उत्तरगंगा गा.वि.स. वडा नं. हालको ठेगाना: सुर्खेत जिल्ला, बिरेन्द्रनगर न.पा. वडा नं. ६

धितोको विवरण

१) आशाराम खड्काको छोरा, जोरा सिंह खड्काको नाति, सुर्खेत जिल्ला, सुर्खेत जिल्ला, उत्तरगंगा गा.वि.स. वडा नं. ८ स्थायी ठेगाना भई हाल सुर्खेत, जिल्ला, बिरेन्द्रनगर न.पा. वडा वडा नं. ६ बस्ने इन्द्र बहादुर खड्काको नाममा मालपोत कार्यालय सुर्खेतको लगतमा दर्ता कायम रहेको सुर्खेत जिल्ला, बिरेन्द्रनगर न.पा. वडा नं. ३ गोठीकाडा स्थित कित्ता नं. ५५६४ र ५५६२ को क्षेत्रफल क्रमशः ०-०-९.७५ र ०-०-७.७५ विगाहाको जग्गा र सो जग्गाले चर्चेको र भविष्यमा चर्चिने सम्पूर्ण लिगलगापात समेत ।

२) खडका सप्लायर्स को स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ती ( Goods & Assignment of Bills & Receivables) उपर हाइपोथिकेशन सुरक्षण । नोट: ऋणी तथा जमानतकर्ता बाहेक सूचनामा उल्लेखित अन्य व्यक्तिका नामहरु ऋणी तथा जमानतकर्ताको परिचय खुलाउने प्रयोजनको लागि मात्र प्रयोग गरीएको । लिलाम बिक्री सम्बन्धी अन्य शर्त बन्देजहरु

१) बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फारम बैंकको केन्द्रिय कार्यालय (कर्जा असुली विभाग), राधाभवन, त्रिपुरेश्वर, काठमाडौं वा शाखा कार्यालयबाट रु. १००० ।। रुपैया एक हजार मात्र) तिरि प्राप्त गर्न सकिनेछ) कार गर्न सक्ने छ । शिल

२) प्राप्त बोलपत्रहरु बैंकले बिना कुनै कारण स्वीकार वा अस्वीकार गर्न सक्ने छ । शिलबन्दी बोलपत्रबाट उक्त सम्पत्ति लिलाम बिक्री हुन नसकेमा उक्त सम्पत्तिको स्वामित्व बैकले लिन सक्नेछ ।

३) लिलाम हुने सम्पत्ति निरीक्षण अवलोकन गर्नुपरेमा वा धितो लिलाम सम्बन्धी विस्तृत जानकारी आवश्यक भएमा बैंकको केन्द्रिय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क राख्नुहोला ।

४) बोलपत्र पेश गर्ने अन्तिम दिनको भोलिपल्ट दिनको ३ बजे (सो दिन सार्वजनिक बिदा परेमा बिदा पश्चात लगतै कार्यालय खुलेको दिन) यस बैकको केन्द्रिय कार्यालय, कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा बोलपत्र खोलिने हुँदा उक्त दिन ऋणी, धितो जमानतकर्ता, इच्छुक बोलपत्रदाता तथा सम्बन्धित सबैलाई उपस्थितिको लागि जानकारी गराईन्छ ।

५) बोलपत्र फारममा उल्लेखित अन्य शर्तहरू लागू हुनेछन् ।

पुनश्चः ऋणी एवं धितो लेखिदिनेलाई सुचना:

उपरोक्त व्यहोरा अवगतार्थ अनुरोध गर्दै म्याद भित्र शिघ्र कर्जा भुक्तानी गरी आफ्नो सम्पत्तिको उचित संरक्षण गर्नु हुन पुनः अनुरोध गरिएको छ । अन्यथा तोकिएको दिन धितो लिलाम बिक्रीको कार्य हुने भएकोले उक्त दिन स्वयम उपस्थित भई लिलामबाट कायम हुने धितो सम्पतिको मुल्य घटि वा बढि हुने प्रक्रियामा समेत प्रत्यक्ष अवलोकनको लागी सूचित गरिन्छ । उल्लिखित धितो सम्पति लिलाम बिक्री गरि वा बैंक आफैले सकार गर्दा समेत साविकमा बैंकबाट भएको मुल्यांकन भन्दा कम मुल्यमा लिलाम ब्रिकी भएमा वा बैंक आफैले सकार गरि लिएमा पछि हाम्रो सम्पतिको उचित मुल्य प्राप्त नभई कम मुल्यमा बिक्री भयो वा बैंक आफैले सकार गरि लियो भनि कहि कतै उजुर वाजुर गर्न पाउनुहुने छैन । उक्त सम्पत्ति लिलाम बिक्री गर्दा वा पुनरमुल्यांकन गरि बैंक आफैले सकार गर्दा समेत बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभई बाँकी रहेमा ऋणीको अन्य श्रीसम्पतिहरुबाट असुल उपर गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईएको छ ।

 

अन्य समाचार

 
  1. INTERIOR WORKS OF RBB BUILDING
  2. श्री स्काई विल्डर्सले भवन निर्माण कार्य गर्न स्वीकृत
  3. काम गर्न विदेश जाने र फर्केकालाई गार्मेन्ट मेसिन अपरेटर तालिम गर्न आव्हान
  4. बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
  5. खाद्य सामग्रीहरू आपूर्ति गर्न आव्हान