Merchandise Now
२८ पुष २०८१, आईतवार

धादिङ्गको गजुरी गाउँपालिकामा कुलो सिंचाई निर्माण कार्य गर्न आव्हान

९ माघ २०७९, सोमबार

गजुरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गजुरी, पादित, वागमती प्रदेश, नेपाल ।

बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मिति: २००९/१०/०९

यस गाउपालिकाको विभिन्न योजनाहरूको निर्माण कार्य यस आ.ब. २००९ / ०८० मा बोलपत्रद्वारा गर्नु पर्ने भएकोले योग्य, मान्यता प्राप्त तथा सम्बन्धित कार्यमा अनुभवी निर्माण व्यवसायीहरुबाट निम्न शर्तहरूको अधिनमा रही रीतपूर्वकको शिलबन्दी बोलपत्र आह्वान गरिएको।

१. बोलपत्र प्रथम पटक प्रकाशित मितिले ३० औं दिन सम्म यस कार्यालयमा तपशिलमा उल्लेख गरे बमोजिमको नगद रकम (पछि फिर्ता नहुने गरी) बुझाएको नगदी रसिद वा यस कार्यालयको खाता नं. १०५०१००३०१०१०००२ मा जम्मा गरेको भौचर, आ.व. ०७९/०८० को लागि नविकरण भएको इजाजत पत्र र आयकर दर्ता प्रमाण पत्र, मूल्य अभिवृद्धि कर कार्यालयमा दर्ता भएको प्रमाण पत्र, आ.व.०७२/०७९ सम्मको आयकर चुक्ताको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपिहरु र स्वघोषणा पत्र संलग्न राखी इच्छुक इजाजत प्राप्त निर्माण व्यावसायीले तेकिएको समयभित्र रित पुर्वक e-bidding को माध्यमद्वारा बोलपत्र फारम खरिद गर्न सकिनेछ ।

२. खरिद भएका बोलपत्रहरुको प्रत्येक आइटम प्रस्टसंग भरी, निर्माण व्यवसायीले सूचना प्रकाशित भएको मितिले ३१ औ दिनको १२.०० बजे सम्म e-bidding को माध्यमद्वारा पेश गर्न सकिनेछ ।

३. बोलपत्र फारमसाथ धरौटी बापत तल उल्लेखित जमानत बापतको रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य वैक गजुरी शाखामा रहेको धरौटी खाता नं. १०५०१००३०३०००००२ मा रकम जम्मा गरेको सक्कल भौचर वा यस कार्यालयको नाममा जारी भएको कम्तिमा शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति देखि ९० दिन म्याद भएको, मान्याता प्राप्त वैंकबाट वैंक ग्यारेन्टी (विड वण्ड) शर्त रहित पेश गर्नु पर्नेछ । ४. बोलपत्र खरिद वा दर्ता गर्ने फर्महरुले निर्माण स्थल र कामको सम्बन्धमा राम्रोसंग वुझी, हेरी साइट निरीक्षण गरी बोलपत्र भरेको मानिने छ । ५. बोलपत्रदाताले आफूले कबोल गरेको अंक मुल्य अभिवृद्धि कर बाहेकको हुनु पर्नेछ । मुल्य अभिवृद्धि करको रकम समेत एकमुष्ट भुक्तानी गरिनेछ ।

६. बोलपत्रदाताको वोलपत्र स्वीकृत भएपछि स्वीकृत अंकको पांच प्रतिशतले हुने रकम वरावरको नगद, बैंक भौचर वा सो बराबरको कम्तीमा एक वर्षको लागि मान्य हुने बैंक जमानत ( परफरमेन्स वण्ड) शर्त रहित पेश गर्नु पर्नेछ ।

कार्यालयको हितलाई ध्यानमा राखी कुनै पनि कारण जनाई वा नजनाई बोलपत्र स्वीकृत गर्ने, नगर्ने, वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।

८. बोलपत्रमा आवश्यक कुनै संशोधन गर्नु परेमा यस कार्यालयको सूचनापाटीमा सूचित गरिनेछर गा.पा. को website: www.gajurimun.gov.np मा समेत हेर्न सकिनेछ ।

९. प्रचलित ऐन नियम अनुसार लाग्ने सम्पुर्ण करहरु बोलपत्रदाता स्वयंले व्यहोर्नु पर्नेछ ।

१०. सुचनामा उल्लेख नभएका अन्य विषयहरुको हकमा सार्वजनिक खरीद ऐन, २०६३ तथा सार्वजनिक खरीद नियमावली, २०६४ एवं अन्य प्रचलित कानुन बमोजिम हुनेछ । संयुक्त उपक्रम (Joint Venture) मा काम गर्ने व्यवसायीको सम्वन्धमा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम हुनेछ ।

११. शिलवन्दी बोलपत्र खरिद र दर्ता गर्ने अन्तिम दिन विदा परेमा सो पछि कार्यालय खोलेको दिन माथि उल्लेख भएका समयमा बोलपत्र खरिद, दर्ता र खोल्ने काम हुनेछ ।

१२. यसमा लेखिएको हकमा यसै अनुसार र यस सुचनामा उल्लेख नभएका अन्य विषयहरुको हकमा सार्वजनिक खरीद ऐन, २०६३ तथा सार्वजनिक खरीद नियमावली, २०६४ एवं अन्य प्रचलित कानुन बमोजिम हुनेछ ।

१३. वोलपत्रदाताले e-bidding (PPMO को website https:/bolpatra.gov.np/egp) को माध्यमबाट मात्र यस प्रक्रियामा भाग लिन सकिने छ ।

   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य :

   
  1. पुराना सवारीसाधनहरू लिलाम बिक्री
  2. वायुसेवा निगममा पसल र घर भाडा दिने सूचना
  3. जडिबुटी विकास कार्यक्रम संचालन गर्न आव्हान
  4. सानिमा जिआईसी इन्स्योरेन्समा स्थिर सम्पत्तिहरू तथा आन्तरिक सजावट विक्री