Merchandise Now
२८ पुष २०८१, आईतवार

धनुषाधाम वनस्पति उद्यानमा “उद्यान फेन्सिङ्ग” कार्य गर्न आव्हान

७ फाल्गुन २०७९, आईतवार

नेपाल सरकार, वनस्पति अनुसन्धान केन्द्र, धनुषाको, बोलपत्र आह्वान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७२/११/०६/

यस केन्द्रमा आ.व. २०७९/८० मा धनुषाधाम वनस्पति उद्यानमा “उद्यान फेन्सिङ्ग” कार्य गर्नुपरने भएकोले सम्बन्धित कार्यको लागि नेपाल सरकारबाट इजाजत पत्र प्राप्त योग्य व्यक्ति वा फर्महरुवाट निम्नलिखित शर्तहरुको अधिनमा रही रितपूर्वकको बोलपत्र आह्वान गरिन्छ:-.

वोलपत्र सम्बन्धी कागजात यो सूचना प्रथम पटक प्रकाशित भएको मिति देखी ३० (तीस) औं दिनसम्म यस केन्द्रबाट तपसिल बमोजिमको दस्तुर (फिर्ता नहुने गरी) तिरी खरिद गर्न सकिने छ । साथै, यो सूचना प्रथम पटक प्रकाशित भएको मिति देखी ३१ (एकतीस ) औं दिनको मध्यान्ह १२.०० बजेसम्म जिल्ला प्रशासन कार्यालय, धनुषाभित्र दर्ता गरिसक्नु पर्नेछ । ३१ ( एकतीस ) औं दिन सार्वजनिक विदा परेमा विदापछि कार्यालय खुलेको दिन मध्यान्ह १२:०० बजेसम्म दर्ता गरिनेछ ।

बोलपत्रको यो सूचना प्रकाशित भएको मितिले ३१ (एकतीस ) औं दिन दिनको ठिक २.०० बजे जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यालय प्रतिनिधि, प्रस्तावदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । प्रस्तावदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न वाधा पर्ने छैन ।

बोलपत्र साथ अनिवार्य रुपमा आ.व. २०७९/८० सम्म नवीकरण भएको इजाजत पत्र, स्थायी लेखा प्रमाण पत्र (मू.अ.कर दर्ता समेत), आ.ब. २०७८/७९ को कर चुक्ता प्रमाणपत्रको फोटो कपी नोटरी पब्लिकबाट प्रमाणित गराई संलग्न राखी आधिकारिक व्यक्तिले रु. १०/- को टिकट टाँसी निवेदन दिनु पर्नेछ । वोलपत्रमा तपसिलमा उल्लेखित जमानत वापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय, धनुषाको राष्ट्रिय बाणिज्य बैंक, भानु चौक, जनकपुर शाखामा रहेको धरौटी खाता नं. १२२०१००१०२०३०००० मा जम्मा गरेको सक्कल भौचर वा सो रकम बराबरको वनस्पति अनुसन्धान केन्द्र, जनकपुरधाम, धनुषा ( अफिस कोड नं. ३२९०२१७०१ ) को नाममा “क” वर्गको मान्यता प्राप्त बाणिज्य बैंकले जारी गरेको ९० दिनको विडवंड सक्कलै पेश गर्नु पर्नेछ ।

बोलपत्र शर्तरहित, केरमेट नभएको र केन्द्रले उपलब्ध गराएको दरभाउपत्रमा कुनै थपघट नगरेको पर्नेछ र समय सीमा भित्र प्राप्त नभएको, रित नपुगेको, सार्वजनिक खरिद ऐन नियमावली विपरित भएको र यो सूचनाको विपरित भएको दरभाउउपर कार्वाही हुने छैन ।

बोलपत्र खरिदकर्ता वा फर्महरुले कार्यस्थल र कार्यको सम्बन्धमा राम्ररी बुझी बोलपत्र भरेको मानिनेछ । बोलपत्र भर्दा स्पष्टरुपमा अङ्क र अक्षरमा भ्याट बाहेकको मूल्य उल्लेख गर्नु पर्नेछ । अङ्क र अक्षर फरक पर्न गएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ |

कुनैपनि कारण जनाई वा नजनाई बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार यस केन्द्रमा रहने छ । यस सम्बन्धमा अन्य कुरा बुझ्नु परेमा कार्यालय समयभित्र कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने छ । यो सूचनामा उल्लेख हुन छुट भएका कुराहरु सार्वजनिक खरिद ऐन नियमावली – २०६४ तथा अन्य प्रचलित कानून अनुसार हुनेछ ।

१०. खरिद कार्य विवरण तपशिल बमोजिम हुनेछ

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

  1. खाद्यान्न गहुँ लिलाम
  2. निर्माण व्यवसायीलाई कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना
  3. प्राइम कमर्सियल बैंकमा रहेको पुराना सामान, पुराना फर्निचर लिलाम
  4. बाँकेमा पशुको दाना पिस्ने मेशिन र बिद्युतीय चारा मेशिन आपूर्ति गर्न आव्हान