गृह मन्त्रालय कारागार व्यवस्थापन विभाग केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौं बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (प्रकाशित मिति २०७९ /१०/०२ )
यस कार्यालयको मिति २०७२।०८।२१ को कारोवार दैनिकमा प्रकाशित टेंकरबाट आपूर्ति हुने शुद्ध पिउनयोग्य खानेपानी आपूर्ति सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना अनुसार प्राप्त हुन आएका सिलबन्दी बोलपत्रहरु मध्ये रु.५८,४१,०००/- कबोल अंक भएको श्री त्रिमुर्ति पानी उद्योग प्रा.लि, काठमाडौ को बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही भई स्वीकृतिको लागि छनौट गरिने भएकोले सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य :