Merchandise Now
२४ पुष २०८१, बुधबार

ढुङ्गा, गिट्टी, वालुवा, ग्राभेल भरान (माटो) कर उठाउने ठेक्का सम्वन्धी सूचना

१२ श्रावण २०८०, शुक्रबार
गौरीगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, चौमाला, कैलाली, सुदूरपश्चिम प्रदेश, नेपाल

ढुङ्गा, गिट्टी, वालुवा, ग्राभेल भरान (माटो) कर उठाउने ठेक्का सम्वन्धी सूचना

 

यस नगरपालिका वाट आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ (क) को उपदफा (१) र सुदुरपस्चिम प्रवेश आर्थिक विधायक २०८० अनुसार यस नगर क्षेत्रभित्र भएर बग्ने IEE गरेका र घाटगद्दी तोकिएका नदीखोलाहरुमा ढुंगा गिट्टी, बालुवा, ग्राभेल, भरानमाटो आदि कूल सङ्कलन देहाय बमोजिम घन मि. मात्र विक्रिमा प्रति घन मिटर रु. २१२ रुपैया (भ्याटबाहेक) का दरले कर दस्तुर रकम संकलन गर्न ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ठेक्का लिन इच्छुक फर्मबा कम्पनीहरुबाट नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृदी कर दर्ता प्रमाणपत्र ०७८-७९ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणित प्रतिलिपिहरु संग्लग्न गरि तपसिल बमोजिमका सर्त हरुको अधिनमा रही E-BIDDING मार्फत बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएकोछ। साथै टेण्डर खरिद गर्दा गौरीगङ्गा नगरपालिकाको नाममा रहेको एन आई सी एशिया बैंक लि., चीमाला शाखामा रहेको राजस्व खाता नं. ०७१-२०५००-२८०६-२००२ मा देहायको टेण्डर दस्तुर बापतको रकम दाखिला गरी अन्य सूचना तथा शर्तहरुको विस्तृत जानकारीका लागि बेबसाइट bolpatra.gov. np/egp मा गई Tender Document हेनं तथा डाउनलोड गर्न सकिनेछ । ठेक्का लिन ईच्छुक व्यक्तिले भ्याट बाहेक कबुल अंकको ५ प्रतिशतले हुन आउने धरौटी रकम जम्मा गर्नुपर्नेछ धरौटी वापतको रकम यस गौरीगङ्गा नगरपालिका, कार्यपालिकाको कार्यालयको नाममा एन.आई.सी. एशिया बैंक लि., चौमाला शाखामा रहेको धरौटी खाता नं. ७१ CA५००९८२५२४००४ मा नगदै जम्मा वा नेपाल राष्ट्र बैंकवाट मान्यता प्राप्त वाणिज्य बैंकले जारी गरेको १२० (एकसय बीस दिन म्याद भएको बिडबन्डको सक्कल प्रति संलग्न गर्नुपर्नेछ । नदीजन्य सामग्री सङ्कलन तोकिएका नदीबाट ढुंगा, गिट्टी, वालुवा, ग्राभेल भरान (माटो) विक्रिकर संकलन ठेक्का अवधी ठेक्का सम्झौता गरेको मिति देखि २०८१ जेष्ठ मसान्त सम्मको लागि (चुरे संरक्षित क्षेत्रवाहेक) मात्र लागु हुनेछ ।

Notice Source : Nayapatrika 

 
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
 
  1. धितोमा रहेको सम्पति लिलाम बिक्रि
  2. नदिजन्य पदार्थ उत्खन्न तथा विक्रि वितरणका लागि बोलपत्र आव्हान
  3. कीर्तिपुर आँखा अस्पताललाई चश्मा फ्रेम र शिशा आपूर्ति गर्न आव्हान
  4. स्वतन्त्र सर्भेयर नियुक्तिका लागि सिलबन्दी प्रस्ताव