डिभिजन वन कार्यालय रुकुम (पूर्व)
डाँक बढाबढद्वारा जडीबुटी (रातो च्याउ) को लिलाम बिक्री सम्बन्धी प्रथम पटक प्रकाशित सूचना २०७९/०९/२५
यस कार्यालय अन्तरगतको भूमे सब डिभिजन वन कार्यालय, खाबाङ बगरमा राखिएको जफति आ.व. २०७९/०८० को वादी नेपाल सरकार प्रतिवादी चिजदया बुढा समेत भएको फौजदारी मुद्दा नं. DFO-079-01 को मिति २०७१।०९।२४ मा भएको आदेश अनुसार जफत भएको निम्न परिमाणको जडिबुटी (रातो च्याउ) जे जस्तो अवस्थामा छ सो अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले यो १५ दिने सूचना प्रकाशित गरिएको छ । इच्छुक व्यक्ति, संघ संस्था, फर्म वा कम्पनीले डाँक बढाबढमा भाग लिन आमन्त्रण गरिन्छ । बिस्तृत जानकारीको लागी डि.व.का. रुकुम (पूर्व) (088-413115 ) मा सम्पर्क गर्न सकिनेछ ।
अन्य समाचार