MANJUSHREE FINANCE LIMITED मञ्जुश्री फाईनान्स लिमिटेड, (नेपाल राष्ट बैक बाट ग बर्गको इजाजतपत्र प्राप्त संस्था), ॐकार विडिङ्ग (दो तानेश्वर, काठमाड जि.पि. ओ. बक्स: २३१००, काठमाण्डौ, नेपाल
फोन नं. ९७७-१-४७०२५१७, क्याक्स: ९७७-१-४००,२५१७
Web: www.manjushreefinance.com.np Email: info@manjushreefinance.com.np
जग्गा/ भवन खरिदका लागि शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना
प्रकाशित मिति : २०८०/०३/२२
यस मञ्जुश्री फाईनान्स लिमिटेडको लागि काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर चोकबाट पश्चिममा विजुलीवजार चोकसम्म, दक्षिणमा शंखमुल चोकसम्म, उत्तरमा पुरानोवानेश्वर चोकसम्म र पुर्वमा तीनकुने सम्मको क्षेत्र भित्र मुलवाटोमा कम्तिमा आठ आना जग्गा वा भवन आवश्यक भएकोले इच्छुक जग्गा / भवन धनिले प्रस्तावित दरभाउ पत्र रितपूर्वक भरी सो साथ जग्गा / घरजग्गाको धनि प्रमाण पुर्जा, नक्सा ट्रेश, भवन भएमा नक्शा पास तथा निर्माण सम्पन्नको प्रमाणपत्र आदीको प्रतिलिपि सहित मिति २०८०/०४/०५ गते कार्यालय समय भित्र यस वित्तीय संस्थाको मूख्य कार्यालय नयाँ बानेश्वर – १० स्थित कार्यालयको प्रशासन विभागमा शिलबन्दी रुपमा पेश गर्नु हुन यो १५ दिने सूचना प्रकाशित गरिएको छ । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।