Merchandise Now
२१ पुष २०८१, आईतवार

चौतारा अस्पतालमा प्रिफ्याव भवन निर्माण गर्न आव्हान

२९ मंसिर २०७९, बिहीबार

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय, चौतारा अस्पताल सिन्धुपाल्चोक, नेपाल

ल्याव र फार्मेशी प्रिफ्याव भवन निर्माण गर्ने कार्यको लागि शिलवन्दी बोलपत्र आव्हानको सूचना ।

प्रथम पटक सूचना प्रकाशित मिति: २०७४/०८/२४४ गते

चौतारा अस्पताल सिन्धुपाल्चोकको अस्पतालको स्वीकृत डिजाइन नक्सा बमोजिमको ल्याव फार्मेशी प्रिफ्याव भवन निर्माण गनुपर्ने भएकोले योग्यता पुगेका इच्छुक इजाजत प्राप्त फर्म, कम्पनी, निर्माण व्यवसायीहरु बाट निम्न शर्तहरुको अधिनमा रही सिलवन्दी वोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ ।

१. बोलपत्र फाराम प्रथम पटक प्रकाशित भएको मितिले ३० औं दिनको (२०७९ / ०८ / २९ गते) कार्यालय समय भित्र रु. ३०००/- (फिर्ता नहुने गरि) यस कार्यालयको कार्यालय कोड नं. ३७००१२७०१३ राजश्व शिर्षक नं. १४२२९ प्रदेश लेखा नियन्त्रक इकाई कार्यालय सिन्धुपाल्चोक खाता नं. २७२०२०००००१००१०००००१ जम्मा गरेको संक्कल भौचर, उक्त निर्माण कार्य गर्न पाउने फर्मको नविकरण भएको इजाजत प्रमाणपत्र, कार्य अनुभव पत्र, मु. अ. कर दर्ता प्रमाण पत्र तथा आ. व. ०७८/७९ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी निवेदन साथ संलग्न राखि यस अस्पतालबाट खरिद गर्न सकिने छ । .०९/०९/३० गते)

२. खरिद गरेको दरभाउपत्र रित पूर्वक भरि प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३१ औ दिनको १२ : ०० वजे भित्र यस कार्यालयमा दर्ता गराई सक्नु पर्नेछ । दर्ता भएका बोलपत्रहरु सोही दिनको १ : ०० बजे भित्र बोलपत्र दाता वा निजको प्रतिनिधीहरुको रोहवरमा खोलिने छ । निजहरुको प्रतिनिधी उपस्थिती नभए पनि सिलवन्दी बोलपत्र खोल्न बाधा पर्ने छैन

३. बोलपत्र विक्री गर्ने तथा दाखिला गर्ने अन्तिम दिन विदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ । ४. बोलपत्र दाताले कवोल गरेको दररेट अंक र अक्षरमा केरमेट नगरी स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ र केरमेट वा थप घट गर्नुपर्ने भएमा बुझिने गरि काटी दायाँ बाँया आधिकारीक व्यक्तिको सही र फर्मको छाप लगाएको हुनुपर्ने छ । NE

५. सिलवन्दी बोलपत्र साथ जमानत वापतको रकम नेपाल बैक लिमिटेड सिन्धुपाल्चोक चौतारा शाखामा रहेको प्रदेश लेखा नियन्त्रक इकाई कार्यालय सिन्धुपाल्चोकको धरौटी खाता नं ०५७०२०००००२००३०००००१ यस अस्पतालको कार्यालय कोड नं. ३७००१२७०१३ मा जम्मा गरेको रकमको सक्कलै बैंक भौचर वा नेपाल सरकारको मान्यता प्राप्त वाणिज्य वैकहरुवाट यस अस्पतालको नाममा जारी गरिएको वोलपत्र दाखिला गर्ने अन्तिम दिन देखि कम्तिमा ९० (नव्वे) दिन म्याद भएको जमानत पत्र (बैक ग्यारेन्टी) पेश गर्नुपर्ने छ । यसरी पेश गरिने जमानत वापतको बैंक भौचर वा बैक ग्यारेन्टी यो सूचना प्रकाशित भएको मिति पछिको लाई मात्र मान्यता दिइनेछ ।

६. रित नपुगेको, म्याद नाघी आएको, सही छाप नभएको, केरमेट भई अंक र अक्षर नवुझिएको बोलपत्र उपर कुनै कार्वाही हुने छैन । वोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस अस्पतालमा निहित रहनेछ ।

७. अन्य केही कुरा बुझ्नु परेमा यस कार्यालयको फोन नम्बर ०११-६२०४६१ मा कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ । ८. यस सूचनामा नपरेका कुराहरु दरभाउपत्र फारम तथा सार्वजनिक खरिद ऐन २०६३ (संसोधन सहित) र नियमावली २०६४ (संसोधन सहित) र अन्य प्रचलित ऐन कानुन बमोजिम हुने छ ।

सि. विवरण ठेक्का नं. लागत अनुमान नं. १३ प्रतिशत मु.अ.कर जमानत दरभाउपत्र फारम रकम कैफियत दस्तुर रु. अस्पतालको ल्याव फार्मेशी प्रिफ्याव ०२-०७८/०७९२५८६०२१.५७१- ३३६१८२.८०/- ७५,०००/- ३,०००/- भवन निर्माण गर्ने कार्य । मेडिकल सुपरिटेन्डेन्ट
 

अन्य समाचार

 
  1. शिखर इन्स्योरेन्स कम्पनीको सामानहरु लिलामद्वारा बिक्री
  2. PROCUREMENT OF FABRICATION PACKAGE
  3. बूढानीलकण्ठ स्कूलमा खाद्य सामग्रीहरू आपूर्ति गर्न आव्हान
  4. स्याउका बिरुवा आपूर्ति गर्न आव्हान
  5. धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री