Merchandise Now
२७ पुष २०८१, शनिबार

चक्रघट्टा गाउँपालिका सर्लाहीमा एम्बुलेन्स आपुर्ति गर्न आव्हान

२५ माघ २०७९, बुधबार

चक्रघट्टा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, चक्रघट्टा, सर्लाही, मधेश प्रदेश, नेपाल

क्याटलग / ब्रोसर सपिङ विधिबाट एम्बुलेन्स खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आव्हानको सूचना

(प्रथम पटक प्रकाशन मिति २०७४ / १० / २५ गते)

यस कार्यालयको आ. व. २०७९ ०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार देहाय वमोजिमको एम्बुलेन्स सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा १ (क) (८) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ (ख) बमोजिम त्यस्तो सवारी साधन उत्पादक कम्पनी वा सो को नेपालका लागि आधिकारिक विक्रेता (Importer ) हरु बीचमात्र प्रतिस्पर्धा गराउने ( क्याटलग सपिङ्ग) विधिबाट खरिद गर्नपर्ने भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ (ख) को उपनियम २ अनुसार देहायबमोजिम सवारी साधन उत्पादकको आधिकारिक स्पेशिफिकेशन (क्याटलग वा ब्रोसर), गुणस्तर र कम्पनीको आधिकारिक मूल्य खुल्ने कागजात संलग्न राखि तपसिलमा उल्लेख भए बमोजिमको प्रस्ताव दर्ता गराउनुहुन सम्बन्धित उत्पादक वा आधिकारिक विक्रेताको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१) सवारी साधनको स्वीकृत विस्तृत प्राविधिक स्पेशिफिकेशन यस कार्यालयवाट निशुल्क प्राप्त गर्न सकिनेछ । कार्यालयबाट स्वीकृत स्पेशिफिकेशनको Offered Specification coloumn मा आफ्नो प्रस्ताव गरेको उपकरणको विस्तृत विवरण तथा माग गरिएका अरु थप विवरण अनिवार्य भरेर सही छाप गरी सिलवन्दीका साथ पेश गर्नुपर्नेछ ।

२) उक्त कागजात लिनका लागि ईच्छुक उत्पादक कम्पनी वा सोको नेपालका लागि आधिकारिक विक्रेताको उक्त एम्बुलेन्स विक्री गर्न नेपाल सरकारको सम्बन्धित निकायबाट प्राप्त भएको अनुमतिपत्र, सो को अद्यावधिक नविकरण भएको पत्र, स्थायी लेखा नम्बर (PAN) तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र आ.व. २०७८ २०७९ सम्मको कर चुक्ता गरेको प्रमाणित कागजात उक्त सवारी सप्लाई गरेको हालसम्मको विस्तृत विवरण सम्बन्धित कार्य अनुभवको प्रमाणपत्र सहितका कागजात सहित यस कार्यालयमा उपस्थित हुनुपर्नेछ । साथै नेपालको आधिकारिक विक्रेताको हकमा उत्पादक कम्पनीको Authorization पत्र (Manufacturer Authorization Letter) अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

३) यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन १५:३० बजेसम्म यस कार्यालयमा छुट्टाछुट्टै सिलबन्दी प्रस्ताव दर्ता गराउन सकिनेछ तथा दर्ता गरिएका सिलवन्दी प्रस्तावहरु सोही दिन १६:०० बजे खोलिनेछ । ४) साथै सूचिकृत नभएका उत्पादक वा आधिकारिक विक्रेता कम्पनीहरुले सूचिकृत गराई उक्त सिलबन्दी प्रस्ताव पेश गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ । ५) पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा विदा पछिको कार्यालय खुलेको दिन पेश गर्न सकिनेछ ।

4 stroke, water cooled Dissel Engine, Developing Maximum rated power output not less than 45 kw at governme RPM and Maximum torque not less than 110 NM

अन्य समाचार

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

  अन्य समाचार
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान