Merchandise Now
२६ पुष २०८१, शुक्रबार

गैह बैंकिङ्ग सम्पत्तिको बिक्री सम्बन्धी सूचना

१० असार २०८०, आईतवार
गैह बैंकिङ्ग सम्पत्तिको बिक्री सम्बन्धी सूचना
यस बैंक (साबिक नेपाल ईन्भेष्टमेण्ट बैंक लि. र मेगा बैंक नेपाल लि. एक आपसमा गाभिएर बनेको संस्था) को नाममा गैह्र बैंकिङ्ग सम्पतिको रुपमा दर्ता रहेको तपसिलमा उल्लिखित सम्पति हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्नु पर्ने भएकोले उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीलाई निम्न शर्तहरु पुरा गरी २०८० आषाढ म (कथमकदाचित् उक्त दिन बिदा परेमा सो को भोलिपल्ट) कार्यालय समय भित्र यस बैंकको का.जि. का.म.न.पा. वडा नं. २८, कमलादी स्थित तीनधारा शाखा कार्यालय रहेको कर्जा असूली विभागमा गोप्य शिलबन्दी बोलपत्र बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू

  • उक्त सम्पत्ति के कति रकममा किन्ने हो अंक र अक्षरमा प्रष्ट खुलाई व्यक्तिगत बोलपत्रदाताले नागरिकताको प्रतिलिपी तथा संस्थागत बोलपत्रदाताले संस्था दर्ता, स्थाई लेखा नं. को प्रमाणपत्रको प्रतिलीपी साथै राखी सिलबन्दी बोलपत्र पेश गर्नु पर्नेष्ठ र गोप्य शिलबन्दी बोलपत्र खाममा “गैह्र बैकिङ्ग सम्पत्तिको बोलपत्र ” भनि प्रष्ट रुपमा लेख्नुपर्नेछ ।
 
  • बोलपत्र साथ आफूले कबुल गरेको रकमको कम्तिमा १० प्रतिशत रकम धरौटी स्वरुप यस बैंकमा रहेको खाता नं. २९८०९५००१००१ (Earnest Money Auction) मा नगदै वा चेकको हकमा सिलबन्दी बोलपत्र बुझाउने अन्तिम दिनमा उक्त खातामा रकम जम्मा हुनेगरी चेक जम्मा गरी सोको सक्कल रसिद साथै राखि पेश गर्नुपर्नेछ । ३. तोकिएको समयभित्र पर्न आएका बोलपत्रहरु शिलबन्दी बोलपत्रहरु बुझाउनुपर्ने अन्तिम म्यादको भोलिपल्ट (कथमकदाचित उक्त दिन बिदा परेमा सोको भोलिपल्ट) दिनको ३:०० बजे बोलपत्रदाता वा निजहरुद्वारा नियुक्त प्रतिनिधिको रोहवरमा यस बैंकको का.जि. का.म.न.पा. वडा नं. २८, कमलादी स्थित शाखा कार्यालय अन्तर्गतको कर्जा असूली विभागमा खोलिनेछ । उक्त समयमा बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएको खण्डमा समेत . बोलपत्र खोल्न बैंकलाई कुनै बाधा पर्ने छैन ।
  • कुनै पनि बोलपत्र कुनै कारण नदिई स्वीकृत वा अस्वीकृत गर्ने सम्पर्ण अधिकार बैंकमा निहित रहने ।
  • स्वीकृत बोलपत्रदाताले बोलपत्र स्वीकृत भएको सूचना पाएको मितिले ७ दिनभित्र बाँकी रकम बुझाई उक्त सम्पति आफ्नो नाममा नामसारी गरि लिनुपर्नेष्ठ । तोकिएको समयभित्र बाँकी रकम नबुझाएमा घरौटी स्वरुप रहेको रकम जफत गरिनेछ ।
  • उल्लेखित सम्पत्तिको सम्वन्धित निकायमा हालसम्मको तिर्न बांकी अचल सम्पत्ति (घरजग्गा कर), राजस्व, मालपोत, अचल सम्पत्ति नामसारी वापत लिनुपर्ने घरबाटो सिफारिश, तिर्नुपर्ने रजिष्ट्रेशन (नामसारी) दस्तुर तथा पू’जीगत लाभकर लगायतका सम्पूर्ण राजस्व, कर एवं खर्च बोलपत्रदाताले नै ब्यहोर्नु पर्नेछ ।
  •  पेश गरिष्टका बोलपत्रहरु मध्ये अस्विकृत बोलपत्रको धरौटी रकम बोलपत्र सम्बन्धी निर्णय पश्चात् मात्र बिना ब्याज फिर्ता गरिनेछ ।
  • यस सम्वन्धमा अन्य कुरा बुझनु परेमा का.जि. का.म.न.पा. वडा नं. २८, कमलादी स्थित शाखा कार्यालय अन्तर्गतको कर्जा असूली विभागमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।

तपसिल

१. साविक मेगा बैंक नेपाल लि. हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लि. एक आपसमा गाभिएर बनेको संस्था) को नाममा मालपोत कार्यालय कलंकी, काठमाडौंमा दर्ता कायम रहेको काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १३ स्थित कि.नं. १३५ (१०३.३१ व.मि.) कि.नं. ९३ (१५७.६० व.मि.). कि.नं. १३४ (२७८.६० व.मि.) र कि.नं. १३२ (१५८.२४ व.मि.) क्षेत्रफल भएको घर/जग्गा तथा सो घर/जग्गाले चर्चेको सम्पूर्ण लिगलिगापात समेत ।
 
२. साविक मेगा बैंक नेपाल लि. हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लि. एक आपसमा गाभिएर बनेको संस्था) को नाममा मालपोत कार्यालय कलंकी, काठमाडौंमा दर्ता कायम रहेको काठमाडौं जिल्ला, मातातिर्थ गा.वि.स. न.पा. वडा नं. ६ (ख) स्थित कि.नं. ३३९ (०७-२-० रोपनी) र कि.नं. ३४० (०-७-२-० रोपनी) का घर/जग्गाहरु तथा उक्त घर/जग्गाहरुले चर्चेको सम्पूर्ण लिगलिगापात समेत । ३. साविक एस. डेभलभमेन्ट बैंक लि. हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लि. एक आपसमा गाभिएर बनेको संस्था) को नाममा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा दर्ता कायम रहेको काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३ स्थित कि. नं. ४० (१३३.८० व.मि.) को जग्गा तथा उक्त जग्गाले चर्चेको सम्पूर्ण लिगलिगापात समेत ।
 
नेपाल उन्मेष्टमेण्ट मेगा बैंक लि. NEPAL INVESTMENT MEGA BANK LTD नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड दरबारमार्ग काठमाडौं, नेपाल, पोष्ट बक्स नं.: ३४१२ फोन नं. ९७७-१-४२२८२२९ ४२४२५३० इमेल: info@nimb.com.np वेबसाइट: www.nib.com.np

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।