Merchandise Now
२७ पुष २०८१, शनिबार

खाद्यान्न गहुँ लिलाम

२९ माघ २०७९, आईतवार
 
कृषि सामग्री कम्पनी लिमिटेड,(नेपाल सरकारको पूर्ण स्वामित्व भएको ) बागमती प्रादेशिक कार्यालय, हेटौंडा औद्योगिक क्षेत्र, हेटौंडा, मकवानपुर सम्पर्क नं. ०५७-४१२४५७
खाद्यान्न गहुँको उप-उत्पादन लिलाम बिक्रीसम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०७२/१०/२८)

उपरोक्त सम्बन्धमा चालु आ.व. २०७९ / ८० मा यस कार्यालयबाट मौज्दात रहेको गहुँ बीउ प्रशोधन गर्दा निस्किएको गहुँको उप-उत्पादनलाई खाद्यान्नको रुपमा जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्री गर्नु पर्ने भएकोले निम्न परिमाण तथा शर्तनामाको अधिनमा रही रितपूर्वकको गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परिमाण (मे.टन) : गहुँको उप-उत्पादन ५६.००५

१. यो सूचना प्रथमपटक प्रकाशित मितिले २१ औं दिनको १२:०० बजेसम्म रु. २,०००/- (फिर्ता नहुने गरी) तिरी बोलपत्र फारम यस कार्यालयबाट कुनै पनि ईच्छुक व्यक्ति, फर्म वा संघ-संस्थाले खरिद गर्न सक्ने छ ।

२. खरिद गरेको बोलपत्रमा आफुले लिन कबोल गरेको दररेट राखी शिलबन्दी गरी प्रथमपटक सूचना प्रकाशित मितिले २१ औं दिनको २:०० बजे भित्र आवश्यक कागजात (व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, फर्म वा संघ संस्थाको हकमा फर्म वा संघ-संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ताको प्रमाणपत्र प्रतिलिपि) सहित यस कार्यालयमा पेश गर्नुपर्ने छ । नियमानुसार पर्न आएका बोलपत्रहरुलाई सोही दिन दिनको ३:०० बजे विभिन्न कार्यालयका प्रतिनिधिहरु र बोलपत्रदाता वा निजको प्रतिनिधीहरुको रोहबरमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । ३. बोलपत्रदाताले कबोल गरेको रकमको १० प्रतिशतले हुन आउने धरौटी वापतको रकम यस कार्यालयको प्रभु बैंक लि., हेटौंडा शाखा स्थित खाता नं. ०७१००२८०४४४०००११ मा नगद जम्मा गरी सो को सक्कलै बैंक भौचर बोलपत्र साथ पेश गर्नुपर्ने छ । ४. बोलपत्रदाताले रितपूर्वक सहिछाप एवम् शिलबन्दी गरी यस कार्यालयमा बोलपत्र दर्ता गर्नुपर्ने छ ।

५. बोलपत्रदाताले आफुले खरिद गर्न चाहेको खाद्यान्न गहुँको उप-उत्पादनको दररेट बोलपत्र फारममा अंक र अक्षर समेतमा प्रष्टसँग उल्लेख गर्नुपर्ने छ । केरमेट भएमा अक्षरमा उल्लेखित दररेटलाई मान्यता दिइने छ ।६. बोलपत्रदाताले बोलपत्र स्वीकृत भएको जानकारी पाएको सात (७) दिन भित्रमा आफुले कबोल गरेको दररेटबाट हुन आउने रकम यस कार्यालयको प्रभु बैंक लि., हेटौंडा शाखास्थित खाता नं. ०७१००२८०४४४०००११ जम्मा गरी बिल कटाई जे जस्तो अवस्थामा छ, सोही अवस्थामा सम्पूर्ण सामान आफ्नै बोरामा कस्ति गरी उठाई लैजानुपर्ने छ । निर्धारित समय भित्र सामान उठाई नलगेमा निजले राखेको धरौटी रकम जफत गरी कम्पनीको नियमानुसार कारवाही अगाडि बढाइने छ ।

७. बोलपत्र स्वीकृत भएपछि कम्पनीको गोदामबाट समान उठाई लैजान लाग्ने सम्पूर्ण खर्च स्वयम् बोलपत्रदाताले नै व्यहोर्नु पर्ने छ । सामान कस्ती गरेर राखेको बोरा कम्पनीले उपलब्ध गराउने छैन ।

८. रित नपुगेको वा म्याद नाघी आएको बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

९. प्राप्त भएको बोलपत्र पूर्ण वा आंशिक स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।

१०. यस सम्बन्धी केही थप जानकारी चाहिएमा वा लिलाम बिक्री हुने सामानको नमुना हेर्न चाहेमा कार्यालय समयमा सम्पर्क गर्न सकिने छ ।

११. अन्य कुरा प्रचलित कानुन बमोजिम हुने छ ।

 

अन्य समाचार

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

  अन्य समाचार
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान