Merchandise Now
२६ पुष २०८१, शुक्रबार

(क्याटलग सपिङ्ग) विधिबाट सवारी साधन आपूर्ति

११ असार २०८०, सोमबार
मधेश प्रदेश सरकार, उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय जलश्रोत तथा सिंचाइ विकास डिभिजन, पर्सा, बीरगंज
उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) विधिबाट सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८०/०३/११ गते)

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा १ (क) को ८ र सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ ख बमोजिम उत्पादक कम्पनी वा सो को अधिकारिक विक्रेताहरु बिच मात्र प्रतिस्पर्धा गराई क्याटलग सपिङ्ग विधिबाट यस कार्यालयको लागि तपसिल बमोजिमको सवारी साधन ( हलुका सवारी साधन) खरिद गर्नु पर्ने भएकोले ईजाजत प्राप्त ईच्छुक उत्पादक कम्पनी वा त्यसको अधिकारिक बिक्रेताहरुबाट फर्म दर्ता प्रमाण पत्र, एजेन्सी दर्ता प्रमाण पत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र र आ.व. २०७८/०७९ को कर चुक्ताको प्रमाण पत्र समावेश गरी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ ख को उपनियम २ अनुसार तोकिएको स्पेशिफिकेशन, गुणस्तर, कम्पनीको मूल्य खुल्ने कागजात र सुविधा सहितको विवरण (क्याटलग / ब्रोसर) समेत संलग्न गरी सूचना प्रकाशित भएको ७ (सात) दिनको भित्र कार्यालय समय भित्र यस कार्यालयमा निवेदन दर्ता गर्न हुन सम्बन्धित उत्पादक वा अधिकारिक बिक्रेताको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । निवेदन दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यस पछि कार्यालय खुल्ने दिन निवेदन दर्ता गर्न सकिने छ । नियमानुसार पेश हुन आएका प्रस्तावहरु सूचना प्रकाशन भएको ८ (आठौं) दिन विहानको ११:०० बजे यस कार्यालयमा खोलिने छ खरिद गर्ने सवारी साधनको स्पेशिफिकेशन सम्बन्धी जानकारी यस कार्यालयको सूचनापाटी बाट लिन सकिनेछ । थप जानकारीको लागि ९८४४३११७७७, आर्थिक प्रशासन शाखामा सम्पर्क गर्न सकिन्छ ।

Five Door, Right Hand Drive, Four Wheel drive jeep suitable to operate in rough and hilly road | condition of Nepal. Gross Vehicle Weight (GVW) | shall not be less than 2500 kg, and shall have total seating capacity for at least 7 persons including Hardtop Jeep driver. Four stroke, Four Cylinder. Water-cooled (एक) | diesel engine. Engine volume (1900-2200 cc) developing Max. Rated power output not less

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना डेस्कबेञ्चहरू हटाउनका लागि लिलामी सम्बन्धी सूचना
  2. वीरगञ्ज भन्सारद्वारा सवारी साधन (मोटरसाईकल)लिलाम बिक्री
  3. नेपाल टेलिभिजनमा सरसफाई कार्य गर्न नमस्ते गार्डेनिङ कन्सल्टेन्सी स्वीकृत
  4. धित्तोमा रहेको जग्गाहरू लिलाम विक्री
  5. ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का