Merchandise Now
२६ पुष २०८१, शुक्रबार

क्याटलग/ब्रोसर सपिङ विधिबाट मिनि स्काईभेटर खरिद

८ असार २०८०, शुक्रबार
राजविराज नगरपालिका नगर कार्यपालिकाको कार्यालय राजविराज, सप्तरी, मधेस प्रदेश, नेपाल
क्याटलग/ब्रोसर सपिङ विधिबाट मिनि स्काईभेटर खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आव्हानको सूचना

(प्रथम पटक प्रकाशन मिति : २०८० / ०३ / ०८ गते)

यस कार्यालयको आ.व. २०७९ / ०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार देहाय बमोजिमको मिनि स्काईभेटर सार्वजनिक खरिद ऐन (२०६३ पहिलो संशोधन २०७३) को दफा ८ को उपदफा (क) (८) तथा सार्वजनिक खरिद नियमावली २०६४ (चौथो संशोधन) को नियम ३१ (ख) बमोजिम त्यस्तो सवारी साधन उत्पादक कम्पनी वा सो को नेपालका लागि आधिकारिक बिक्रेता (Importer) हरु बीच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिङ) विधिबाट खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ (ख) को उपनियम २ अनुसार देहाय बमोजिम सवारी साधनको उत्पादकको आधिकारिक स्पेशिफिकेशन (क्याटलग वा ब्येसर), गुणस्तर र कम्पनीको आधिकारिक मूल्य खुल्ने कागजात संलग्न राखि तपसिलमा उल्लेख भए बमोजिमको प्रस्ताव दर्ता गराउनु हुन सम्बन्धित उत्पादक वा आधिकारिक विक्रेताको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१) सवारी साधनको स्विकृत विस्तृत प्राविधिक स्पेशिफिकेशन यस कार्यालयबाट शुल्क प्राप्त गर्न सकिने छ । कार्यालयबाट स्विकृत स्पेशिफिकेशनको offered specification column मा आफनो प्रस्ताव गरेको उपकरणको विस्तृत विवरण तथा मांग गरिएका अरु थप विवरण अनिवार्य भरेर सही छाप गरी सिलबन्दीका साथ पेश गर्नु पर्नेछ ।

 

२) उक्त कागजात लिनका लागी ईच्छुक उत्पादक कम्पनी वा सो को नेपालका लागी आधिकारिक बिक्रेताले उक्त सवारी साधन तथा मिनि स्काईभेटर बिक्री गर्न नेपाल सरकारको सम्बन्धित निकायबाट प्राप्त भएको अनुमति पत्र, सो को अद्यावधिक नविकरण भएको पत्र, स्थायी लेखा नम्बर (PAN) तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ. व. २०७८/०७९ सम्मको कर चुक्ता गरेको प्रमाणित कागजात, उक्त सवारी सप्लाई गरेको हालसम्मको विस्तृत विवरण, सम्बन्धित कार्य अनुभवको प्रमाणपत्र सहितका कागजात सहित यस कार्यालयमा उपस्थित हुनुपर्नेछ । साथै नेपालको आधिकारिक विक्रेताको हकमा उत्पादक कम्पनीको authorization पत्र (Manufacturer Authorization Letter) अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

३) यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन २ बजेसम्म यस कार्यालयमा छुटाछुट्टै सिलबन्दी प्रस्ताव दर्ता गराउन सकिने छ तथा दर्ता गरिएका सिलवन्दी प्रस्तावहरु सोही दिन ५:०० बजे खोलिनेछ ।

४) साथै सूचिकृत नभएका उत्पादक वा आधिकारिक बिक्रेता कम्पनीहरुले सूचिकृत गराई उक्त सिलबन्दी प्रस्ताव पेश गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

५) पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा विदा पछिको कार्यालय खुलेको दिन पेश गर्न सकिने छ ।

Supply and delivery of mini excavator 3 ton class

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।