प्रस्तुत विषयमा स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको लागि आ.व. २०८० / ०८१ मा आवश्यक पर्ने फर्निचरहरु आपूर्ति गर्नु पर्ने भएकोले तपशिलका शर्तहरुको अधिनमा रही ईच्छुक योग्य बोलपत्रदाताहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।
-
१. बोलपत्र फारम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिनभित्र नविकरण गरिएको ईजाजतपत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, आ. व. २०७९ / ०८० को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरु संलग्न राखि यस कार्यालयबाट रु ३,०००।- (फिर्ता नहुने गरी) तिरी दरभाउपत्र खरिद गर्न सकिनेछ ।
-
२. बोलपत्र फारम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१ (एकतिसौं) दिनको १२:०० वजेभित्र यस कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ । दर्ता भएका बोलपत्रहरु सोही दिनको दिउसो २:०० वजे बोलपत्रदाता वा निजको प्रतिनिधीको उपस्थितिमा खोलिने छ, उक्त समयमा वोलपत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न कुनै वाधा पर्ने छैन । ३. प्रदेश लेखा ईकाइ कार्यालय, जाजरकोटको नेपाल बैंक लिमिटेड जाजरकोट स्थित ०७५०२०००००२००३०००००१ धरौटी खातामा लागत अनुमानको ३ प्रतिशतले हुन आउने रकम जम्मा गरेको सक्कलै बैंक भौचर वा मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी भएको कम्तिमा ९० दिन अवधिको बैंक ग्यारेन्टी अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
-
४. एक व्यक्ति वा फर्म, कम्पनी वा संस्थाको नाममा खरिद भएको वोलपत्र अर्को व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाममा दर्ता गर्न पाईने छैन । साथै म्याद नाघि आएका र रित नपुगेका दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
-
५. बोलपत्र पेश गर्दा क्याटलग अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
-
वोलपत्र दर्ता गर्ने र खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट सोहि समयमा दर्ता गर्ने र खोल्ने कार्य गरीने छ । ७. बोलपत्र पेश गर्दा दरभाउ अंक र अक्षरमा प्रष्ट वुझिने गरि भरी पेश गर्नु पर्नेछ । अंक र अक्षर फरक परेमा अक्षरलाई मान्यता दिईने छ ।
-
८. बोलपत्र सम्वन्धी सम्पूर्ण कागजातको भाषा नेपालीमा हुनु पर्नेछ ।
-
९. बोलपत्र दाताले मालसामानको दररेट प्रचलित बजार मूल्य भन्दा बढी बोलकबोल गर्न पाइने छैन ।
-
१०. नियम अनुसार ठेक्का सम्झौता भएपछी मात्र अन्य वोलपत्रदाताहरुको धरौटी फिर्ता गरिनेछ । साथै अन्य कुराहरु प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ ।
-
११. अन्य विस्तृत जानकारीको लागि यस कार्यालयको वेव साइट www.hsojajarkot.karnali.gov.np र ९८६०२९९२६३ मा अथवा यस कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
यो सूचना आजको मध्यान्ह दैनिकमा प्रकाशित भएको छ।सूचनाको हकसम्बन्धी कुनै जिज्ञासा भए हेर्नको लागि क्लिक गर्नु होस्:
Purchase of furniture
- निर्माण कार्य स्वीकृत सम्बन्धि सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
- कृषि समान खरिद सम्बन्धि सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
- फर्निचर निर्माण सम्बन्धि सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।