बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालय बिर्तामोड, झापा कोशी प्रदेश
स्टेसनरी तथा छपाई सम्बन्धी सामग्रीहरूको दरभाउ पेश गर्ने सम्बन्धी सूचना
यस बिर्तामोड नगरपालिकाको आ.ब.२०८०/०८१ को लागि स्टेसनरी तथा छपाई सम्बन्धी सामाग्रीहरू खरिद गर्नुपर्ने भएकाले चालू आर्थिक वर्षभरी फरक नपर्ने गरी दररेट फाराम तोकिएको ढाँचामा भरी सम्बन्धित आपूर्तिकर्ता वा अधिकार प्राप्त प्रतिनिधिले (बिर्तामोड नगरपालिकामा दर्ता रहेका सेवा प्रदायकको हकमा चालू आ.व. सम्मको व्यवसाय दर्ता प्रमाणपत्रको नवीकरण भएको छायाँकपी समेत) मुअकर दर्ता प्रमाणपत्रको छायाँकपी, आ.ब. २०७९ / ०८० को कर चुक्ता प्रमाणपत्रको छायाँकपी, कार्यालयमा सूचीकृत भएको प्रमाणपत्रकों छायाँकपीसहित सिलबन्दी दररेट मिति २०८० / ०४ / ३० गते मंगलबारसम्म कार्यालय समय भित्र पेश गर्नु हुन अनुरोध छ । उक्त फाराम कार्यालयको website: birtamodmun.gov.npबाट प्राप्त गर्न सकिनेछ ।
बिर्तामोड नगरपालिका, बिर्तामोड झापाNotice Source : Purwanchal Daily
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।