Merchandise Now
१० मंसिर २०८१, सोमबार

सवारी साधनको लिलाम विक्रि

११ असार २०८०, सोमबार
सवारी साधनको लिलाम विक्रि सम्बन्धी सूचना

सुचना प्रकाशित मिति २०८०।३।९ गते

यस बैंकको स्वामित्वमा रहेको तपसिल बमोजिमका सवारी साधनहरु जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा शिलबन्दी बोलपत्र मार्फत लिलाम विक्रि गरिने भएकोले यो सूचना प्रकाशित गरिएको छ । ईच्छुक व्यक्ति, संघसंस्था, फर्म वा कम्पनीहरुले यस बैंकको सामान्य सेवा विभाग, केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाण्डौंमा सम्पर्क गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव पेस गर्नुहुन आव्हान गरिन्छ । लिलाम विक्रि हुने सवारीसाधनको विवरण निम्नानुसार छ ।

सवारी साधन रहेको स्थान लोहारपट्टी न. पा.-६, महोत्तरी

पुनश्चयः बोलपत्र फारम यस बैंकको सामान्य सेवा विभागबाट रु.१,०००/- (पछि फिर्ता नहुनेगरी) बुझाई प्राप्त गर्न सकिनेछ । लिलाम विक्रि हुने सवारी साधन सम्बन्धी अन्य शर्त तथा बन्देजहरु लगायतका विस्तृत जानकारी बोलपत्र फारममा उल्लेख गरिएको छ । साथै, खरिद गर्न चाहेको सवारी साधन सम्बन्धमा थप जानकारीको लागी एवं अवलोकन गर्न चाहेमा कार्यालय समय भित्र यस बैंकको सामान्य सेवा विभागमा सम्पर्क गरी जानकारी लिन र अवलोकन गर्न सकिनेछ ।

लुम्बिनी विकास बैंक लि, Lumbini Bikas Bank Ltd.निरन्तर सहयात्रा(नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको ईजाजत प्राप्त संस्था )सामान्य प्रशासन विभागकेन्द्रिय कार्यालय, चौथो तल्ला सनराईज विज पार्क डिल्लीबजार, काठमाण्डौं फोन नं.: ०१-४४१३२३४ / ४४१३२३२

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

  1. पुराना डेस्कबेञ्चहरू हटाउनका लागि लिलामी सम्बन्धी सूचना
  2. वीरगञ्ज भन्सारद्वारा सवारी साधन (मोटरसाईकल)लिलाम बिक्री
  3. नेपाल टेलिभिजनमा सरसफाई कार्य गर्न नमस्ते गार्डेनिङ कन्सल्टेन्सी स्वीकृत
  4. धित्तोमा रहेको जग्गाहरू लिलाम विक्री
  5. ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का