एकता बचत तथा ऋण सहकारी संस्था लि.गठ्ठाघर, भक्तपुरको
धित्तोमा रहेको जग्गाहरू लिलाम विक्री गर्ने बोलपत्र आव्हान सम्बन्धि थप ७ दिने सार्वजनिक सूचना
सूचना प्रकाशित मितिः २०८०/०३/०८
यस संस्थाका तपशिलमा उल्लेखित ऋणी सदस्यले उपभोग गर्नु भएको कर्जा रकम संस्थासँगको सम्झौता बमोजीम नबुझाउनु भएको हुँदा सो सम्बन्धमा पटक पटक मौखिक तथा लिखित रुपमा तरतोता गर्दा समेत ऋण कर्जा रकम चुक्ता नगरेको हुँदा मिति २०८० / ०१/ ०६ गतेको “नागरिक दैनिक” मां ऋण चुक्ता गर्नको लागि १५ दिने र मिति २०८०/०२/०४ गते धित्तोमा रहेको जग्गाहरु लिलाम विक्री गर्ने बोलपत्र आव्हान सम्बन्धि ३५ दिने सार्वजनिक सुचना प्रकाशित गर्दा समेत उक्त ऋण कर्जाको बाँकी साँवा, व्याज चुक्ता / भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई संस्थासंग गरेको ऋण कर्जा सम्बन्धी तमशुकमा उल्लेखित गरेका शर्त बन्देजहरु उल्लघंन गर्नु भएकोले ऋण कर्जाको सुरक्षण बापत संस्थाका नाममा धितो लेखिदिएको तपशिलमा उल्लेखित चल अचल सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्थामा प्रचलित कानुनको अधिनमा रही गोप्य शिलबन्दि बोलपत्र मार्फत लिलाम विक्रि गरी संस्थाको लेना रकम असुल उपर गर्नको लागि यो ७ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । लिलाम बिक्री सम्वन्धि शर्त बन्देजहरु २०८० / ०२/०४ गतेको “नागरिक दैनिक” पत्रिकाको पृष्ठ ६ मा बमोजिम नै हुनेछ ।
.धित्तोको विवरणऋणी – बिदुर मगरातीको नाममा दर्ता स्रेस्ता कायम रहेको भक्तपुर जिल्ला साविक कटुञ्जे ३, गा.वि.स. वडा नं. ३ ख को कि.नं. क्रमशः २०९७,५८५ र २०९६ को क्षेत्रफल क्रमशः ७९.४८, ३१.७९ र ७१.५३ ब. मी. जग्गा र सो मा बनेको घर तथा सो ले चर्चेको सम्पूर्ण लिगलिगापात समेत ।
- लिलाम हुने गोप्य शिलबन्दी खोलिने मिति समय र स्थान मिति:- २०८०/०३/१४ गते
- समय:- बेलुका ४:०० बजे
- स्थान:- संस्थाको कार्यालय, गठ्ठाघर, भक्तपुर
- एकता बचत तथा ऋण सहकारी संस्था लि.
- मध्यपुर थिमी – ३, गठ्ठाघर, भक्तपुर
- फोन नं. ०१६६३७२३३, ईमेल: ekatasakosh@gmail.com