Merchandise Now
११ मंसिर २०८१, मंगलवार

एन आई सी एशिया बैंकले धितो सम्पत्ति लिलामको निकाल्यो सूचना

२२ माघ २०७९, आईतवार
एन आई सी एशिया बैंक लिमिटेड, रजिष्टर्ड कार्यालय : ट्रेड टावर थापाथली, काठमाडौं वडा नं. ११ फोन नं. : +९७७-१-५११११७७/७८/८८, फ्याक्स: +९७७-१-५११११८० टोल फ्री नं.: १६६०-०१-७७७७१ NIC ASIA सुझावको लागि: FB टाइप गरी ३४४८८ मा SMS पठाउनुहोस् एन आई सी एशिया बैंक लि. कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाण्डौं । सम्पर्क फोन : +९७७-१-०-४२६६५२०/२२ (एक्सटेन्सन: २०८/२२५/२२६)

ॐ गैर बैकिङ्ग सम्पत्ति विक्री बारे ७ (सात) दिने शिलबन्दी बोलपत्र आह्वान

यस बैंकको नाममा दर्ता रहेको तपसिलमा उल्लेखित गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने भएकोले यो सूचना प्रकाशित गरिएको छ । तसर्थ उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति/फर्म/कम्पनी/ संघ संस्थाहरुले निम्न लिखित शर्त बन्देजहरुको अधीनमा रही यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन (उक्त दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिन) भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आह्वान गरिन्छ ।

गैर बैकिङ्ग सम्पत्तिको विवरण

१. यस बैंकको नाममा मालपोत कार्यालय बुटवल, रुपन्देहीको लगतमा दर्ता कायम रहेको रुपन्देही जिल्ला, बुटवल न.पा. वडा नं. २क (हाल बुटवल उ.म.न.पा. वडा नं. ११) स्थित कित्ता नं. १११७० र १११६८ को क्षेत्रफल क्रमशः ०-१-१६-० र ०-०-११५-० (विगाह) को घर/जग्गा ।

लिलाम विक्री सम्बन्धी अन्य शर्त बन्देजहरु:

१. बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फारम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंबाट रु. १,०००।- ( रुपैया एक हजार मात्र) तिरि प्राप्त गर्न सकिनेछ ।

२. प्राप्त बोलपत्रहरु बैंकले कुनै कारण नखुलाई अस्वीकार गर्न सक्ने छ ।

३. लिलाम हुने सम्पत्ति निरीक्षण गर्नुपरेमा वा लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीको लागि बैंकको केन्द्रीय कार्यालय (कर्जा असुली विभाग), राधाभवन, त्रिपुरेश्वर, काठमाडौँमा सम्पर्क राख्नुहोला ।

४. माथि उल्लेखित लोकेशन म्याप केवल विक्री गरिने सम्पत्तिको स्थान पहिचानका लागि मात्र उल्लेख गरिएको

हो । बिक्री गरिने सम्पतिको नक्सा, फिल्ड नक्सा, क्षेत्रफल, नेपाल सरकार तथा सो मातहतका निकायले तोकेको मापदण्ड आदिको बारेमा बोलपत्रदाता स्वयम्ले नै यकिन गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

तपसिल नं. १ मा उल्लेखित सम्पत्ति

५. बोलपत्र पेश गर्ने अन्तिम दिनको भोलिपल्ट दिनको ३ बजे (उक्त दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको दिन सोही समय) यस बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौँमा बोलपत्र खोलिने जानकारी गराईन्छ ।

६. बोलपत्र फारममा उल्लेखित अन्य शर्तहरु लागु हुनेछन् ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
अन्य :
 
  1. बाँकेको डुडुवा गाउँपालिकामा औषधि आपूर्ति गर्न आव्हान
  2. फलामजन्य सामानहरू, टायरहरू, ब्याट्रीहरू लिलाम बिक्री
  3. नेपाल एपीएफ स्कूलमा राशन आपूर्ति गर्न आव्हान
  4. TENDER FOR LABORATORY EQUIPMENTS