Merchandise Now
९ मंसिर २०८१, आईतवार

फलामजन्य सामानहरू, टायरहरू, ब्याट्रीहरू लिलाम बिक्री

१९ माघ २०७९, बिहीबार
 

नेपाल वायुसेवा निगम, बायुसेवा ग्राउन्ड सपोर्ट विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

लिलाम बिक्री सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७९/१०/१९)

यस निगमको ग्राउन्ड सपोर्ट विभाग अन्तर्गत रहेका पुराना तथा प्रयोगमा नआएका ग्राउन्ड इक्विपमेन्ट, सोसँग सम्बन्धित पार्टपुर्जाहरू तथा अन्य फलामजन्य सामानहरू, टायरहरू, ब्याट्रीहरू इत्यादि जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले तपसिल बमोजिमका सामानहरू लिलाम सकार गर्न चाहने इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूबाट लिलाम सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान गरिन्छ । यो सूचना गोरखापत्रमा प्रथम पटक प्रकाशित भएको मितिले २१औं दिनभित्र सिलबन्दी बोलपत्र यस निगमको ग्राउन्ड सपोर्ट विभाग, एयरपोर्टमा दाखिला गर्नुपर्नेछ । बोलपत्र फाराम शुल्क रु. २,०००/- (फिर्ता नहुने) नेपाल बैंक लिमिटेड स्थित नेपाल वायुसेवा निगमको खाता नं. ००२-००१-००५०९९३८-०००००१ मा जम्मा गरिएको सक्कल भौचर सहित यस विभागबाट बोलपत्र फाराम खरिद गर्नुपर्नेछ ।

सिलबन्दी बोलपत्र दाखिला गर्ने अन्तिम मिति र समय : २०७९/११/१०, १७:०० बजे सिलबन्दी बोलपत्र खोलिने मिति र समय : २०७९/११/११, दिउँसो १२:०० बजे बोलपत्र दाता वा निजको अधिकार प्राप्त प्रतिनिधि (अधिकारनामा पत्र) समक्ष | बोलपत्र दाखिला गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा बिदा सकिएको भोलिपल्ट उपरोक्त समयमा नै दाखिला गर्ने र खोल्ने कार्य हुनेछ । बोलपत्र खोल्नका लागि बोलपत्र दाता वा निजको अधिकार प्राप्त प्रतिनिधिको अनुपस्थितिले कुनै बाधा पर्नेछैन ।
 

यस सम्बन्धी विस्तृत जानकारीका लागि निगमको website: www.nepalairlines.com.np मा हेर्न सकिने छ र साथै अन्य जानकारीका लागि र सामानहरू हेर्न परेमा निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्राउन्ड सपोर्ट विभाग फोन नं. ४४७०७४६ मा दिनको १४:०० बजेदेखि १७:०० बजेसम्म सम्पर्क राख्न सकिनेछ ।

नेपाल वायुसेवा निगम ग्राउन्ड सपोर्ट विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, फोन नं. ४४७०७४६

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य :

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान
  6.