गण्डकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, भुम्लीचोक, गोरखा, गण्डकी प्रदेश,नेपाल
गाउँपालिकाको प्रतिक चिन्ह लोगो डिजाईन गरी पेश गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०७१/१०/१० गते
प्रस्तुत विषयमा यस गाउँपालिकाको गाउँ कार्यपालिकाको पहिचान, एतिहासिकता, जनजिवन, भूगोल, सांस्कृतिक चिनारी एवं विशिष्ट पहिचान झल्कने गरी प्रतिस्पर्धात्मक विधिबाट लोगो निर्माण गरी प्रयोगमा ल्याउने प्रयोजनार्थ गाउँपालिकाको लोगो निर्माण गर्न ईच्छुक व्यक्ति एंव संस्थाले तपसिल बमोजिमका शर्तहरुको अधिनमा रही उक्त लोगो डिजाईन गरी पालिकाको ईमेल ठेगाना gandakirm@gmail.com मा वा कार्यालयमा मिती २०७९ | १० | २५ गते कार्यालय समयभित्र पेश गर्नुहुन यसै सूचनाका साथ जानकारी गरिन्छ ।
तपसिल
१ लोगोमा गाउँपालिकाको पहिचान, एतिहासिकता, जनजीवन, भूगोल, सांस्कृतिक चिनारी एंव विशिष्ट पहिचान झल्कनु पर्नेछ । २ लोगोमा प्रयोग भएका संकेतहरुको संक्षिप्त व्याख्या गर्नुपर्नेछ, साथै नेपालको झण्डा र गाउँपालिकाको नाम अनिवार्य हुनुपर्नेछ । ३ लोगोमा कुनै पनि जातिय विभेद, साम्प्रदायिकता, राष्ट्रिय एकतामा आँच आउने खालका प्रतिक प्रयोग गर्न पाईने छैन । ४ लोगो कम्तिमा ३०० dpi resolution भएको हुनु पर्नेछ । ५ छनौट भएको लोगोका डिजाईनकर्तालाई रु ३०,००० कर समेत गरी पारिश्रमिक प्रदान गरिनेछ । ६ लोगो मौलिक तथा अन्तबाट नक्कल नगरिएको हुनुपर्नेछ । ७ लोगोको स्वीकृति सम्बन्धी सम्पूर्ण अधिकार गाउँ कार्यपालिकामा रहनेछ । लोगोको सर्वाधिकार पालिकामा रहनेछ । ८ लोगो पेश गर्दा अनिवार्य रुपमा डिजाईनकर्ताले आफ्नो नागरिकता पेश गर्नु पर्नेछ
९ छनौट समितिले आबश्यक ठानेमा डिजाईनकर्ताले पेश गरेको लोगोमा सामान्य परिमार्जन गर्न सक्नेछ । म्याद सकिएपछि प्राप्त डिजाईनलाई प्रतिस्पर्धामा सामेल गराईने छैन । सम्बन्धीत थप जानकारीका लागी गाउँपालिकाका सूचना अधिकारी लाई 9860133527 मा सम्पर्क गर्न सकिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।