Merchandise Now
९ मंसिर २०८१, आईतवार

निर्माण व्यवसायीलाइ ठेक्का सम्झौता तोडी कालो सुचीमा

१ माघ २०७९, आईतवार
प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय विराटनगर, मोरङ्ग प्रदेश नं. १, नेपाल निर्माण व्यवसायीलाइ ठेक्का सम्झौता तोडी कालो सुचीमा राख्ने सम्बन्धी सूचना प्रकाशित मितिः २०७९/०९/२९

यस कार्यालय र तपाइको फर्म बिच सम्झौता भइ निर्माणाधिन तपशिल बमोजिमका आयोजनाहरुको कार्य सम्पन्न गर्नको लागि तपाइको नाममा मिति २०७१।०९।२० गते प्रभाव दैनिकमा जारी गरिएको निर्माण कार्य सम्पन्न गर्ने सम्बन्धी ७ दिने सूचना र तँपाइले यस कार्यालयलाई उपलब्ध गराउनु भएको आधिकारिक इमेल आइ.डि. मा सूचना पठाउँदा समेत यस कार्यालयमा आवश्यक विवरण सहित सम्पर्क गर्न आउनु नभएकोले ठेक्का सम्झौता तोडी कालोसूचीमा राख्ने सम्बन्धी यो ७ दिने सूचना प्रकाशन गरिएको छ। यो सुचना प्रकाशन भएको मितिको सातौ दिन पश्चात सम्बन्धित स्थानीय तहको प्रतिनिधि, सम्बन्धित सरोकारवाला र निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधिको रोहवरमा हाल सम्म भएको काम र बाँकी कामको मूल्याङ्कन गरिनेछ । मूल्याङ्कन कार्यमा निर्माण व्यवसायीको प्रतिनिधि उपस्थित नभएपनि नापजाँच काममा बाधा पर्ने छैन । सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमवलि २०६४ र ठेक्का संझौतामा प्रावधान भए बमोजिम ठेक्का सम्झौता तोडी कालोसुचीमा राख्ने तथा बाँकी काम गर्न लाग्ने खर्च समेत सरकारी बाँकी सरह मानी असुल उपर गर्ने तर्फ कारवाही गरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । तपशिल

आयोजनाको नाम तथा ठेक्का नंबर
  1. देवीगाउ सिरान लेदुवा खोला पुल, सुनसरी ( IDO / MOR/ NCB/W-119/076-77) मदाह खोला पुल, मोरङ्ग (IDO/MOR/NC- B/W-133/076-77)
  2. खदम खोला पुल, मोरङ्ग (IDO/MOR/NC- B/W-131/076-77).
  3. महेन्द्र नगर बांगे-कालाबन्जार – भलुवाचौरी देखि धरान सडक, सुनसरी (IDO/MOR/NCB/W-79/076-77)

निर्माण व्यवसायीको नाम तथा ठेगाना

  1. World Trade Construction Company Pvt. Ltd, Damak. Jhapa
  2. Dev & Sayar-Bhumi – Himalayan JV, Biratnagar
  3. Dev & Sayar-Bhumi-Himalayan JV, Biratnagar
  4. Lumbini-Gajurmukhi JV, Kathmandu
  पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।  
अन्य :
  1. राष्ट्रिय सतर्कतालाई LAPTOP, PRINTER आपूर्ति कार्य गर्न आव्हान
  2. SUPPLY, DELIVERY AND INSTALLATION OF ATM MACHINES
  3. SUPPLY AND DELIVERY OF AYURVEDA MEDICINE