Merchandise Now
९ मंसिर २०८१, आईतवार

वी.पी. कोइराला धरानमा मेस सञ्चालन सम्बन्धी कार्य गर्न आव्हान

२८ पुष २०७९, बिहीबार
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेस सञ्चालन सम्बन्धी सिलबन्दी प्रस्ताव आव्हानको सूचना प्रकाशित मिति: २०७९।०९।२८

यस प्रतिष्ठानको पुरुष तथा महिला छात्रावासमा मेस संचालन गर्नु पर्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र क्यान्टिन, रेष्टुरेन्ट, होटल, मेस आदि सञ्चालनको अनुभव भएको फर्महरुबाट सिलबन्दी प्रस्ताव आह्वान गरिन्छ । प्रस्ताव साथ फारम दस्तुर बापत रु. ३०००|०० (फिर्ता नहुने गरी) प्रतिष्ठानको नाममा रहेको धरान स्थित सनराईज बैंकमा रहेको खाता नं. ००३१०२५१४७७०१८ मा जम्मा गरेको नगद भौचर, फर्म दर्ता प्रमाणपत्र, PAN / VAT दर्ता प्रमाणपत्र, आ.व.२०७८|०७९ को करचुक्ता प्रमाणपत्र, अनुभवको प्रमाणपत्र, तोकिए बमोजिमको बैक जमानी (विड वण्ड ) वा नगद जम्मा गरेको भौचरको कपी पेश गर्नुपर्नेछ । सूचना प्रकाशित मितिले १५ दिन भित्र सिलबन्दी प्रस्ताव फारम प्रतिष्ठानको दर्ता चलानी फाँटबाट खरिद गरी दर्ता गरी सक्नु पर्ने छ । प्राप्त हुन आएका प्रस्तावहरु १६ औं दिनको १०:०० बजे प्रतिष्ठानको मुख्य कार्यालय धरानमा खोलिने छ ।

अन्य समाचार
  1. सर्टिफिकेट फोल्डर छपाई तथा आपूर्ति कार्य गर्न आव्हान
  2. PROCUREMENT OF FABRICATED STEEL PARTS FOR TRAIL BRIDGES
  3. डाँक बढाबढद्वारा जडीबुटी (रातो च्याउ) को लिलाम बिक्री
  4. SUPPLY AND DELIVERY OF AYURVEDA MEDICINE