शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद सम्बन्धी
सिलबन्दी बोलपत्र आहवानको सूचना
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज – दार्चुला, पीसबिन बाजुरा, सामुदायिक विकास केन्द्र डोटी, मालिका विकास संघ अछाम, सेवक नेपाल – कैलाली, किर्डाक नेपाल – मुगु हुम्ला, सोनाहा विकास समाज – वर्दिया, संगम म्याग्दी, सोर्डेक नेपाल – पर्वत, नौलो घुम्ती नेपाल कास्की, पद्धती विकास सेवा केन्द्र गोरखा, ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र नुवाकोट, लेले सामुदायिक विकास केन्द्र – ललितपुर, आसमान नेपाल धनुषा र दलित समाज उत्थान समिति नेपाल – महोत्तरीले १७ वटा जिल्लाका विभिन्न नगरपालिका र गाउंपालिकाहरुमा एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्दै आइरहेकोछ । यसै परियोजनाको स्पोन्सरसीप कार्यक्रममा आवद्ध २०,००० जति बालबालिकाहरुको लागि शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद गर्नपर्ने भएकोले TOR मा उल्लेखित शर्त र Technical Specification / Bidding Form मा उल्लेखित विस्तृतीकरण तथा परिमाण अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी / फर्म / आपूर्तिकर्ताबाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
आवेदन दर्ता गर्ने प्रक्रिया :
ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी / फर्म / आपूर्तिकर्ताहरुले आफूले सेवा दिन चाहेको सामग्रीहरुको बोलपत्र सिलबन्दी गरी खामको बाहिर “शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद बोलपत्र ” लेखी मिति १७ माघ २०७९ तद्नुसार ३१ जनवरी, २०२३ साँझ ५:०० बजे भित्र TOR मा उल्लेखित संस्थाको कार्यालयहरु वा गुड नेवर्स इन्टरनेशनल नेपाल, एकान्तकुना- १३, ललितपुरमा पेश गर्न सकिनेछ । बोलपत्रको आवेदन फारम, Technical Specification र TOR ई.मेल procurement.icdp022@gmail.com वा वेभसाइटहरु http://gninepal.org/work-with-us / notice / वा https://kirdarc.org/tender / वा http://aasamannepal.org.np/category/news/campaign-news/ बाट प्राप्त गर्न सकिनेछ नोट : १. बोलपत्र पेश गर्दा सामग्रीको नमुना ( Sample ) पनि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ २. सेवा प्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार नेशनल कन्सोर्टियम कमिटीमा निहित रहनेछ ।अन्य समाचार