प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् स्तर निर्धारण तथा सम्बन्धन महाशाखा, सानोठिमी, भक्तपुरको
प्रकाशित मिति : २०७९।०९।२१
यस परिषद्बाट सम्बन्धन / स्वीकृति लिई विभिन्न विषयको छोटो अवधिको तालीम / कार्यक्रम सञ्चालन गर्ने सङ्घ/संस्थाहरूले सम्बन्धन / स्वीकृति लिँदा पालना गर्नुपर्ने सर्तहरू पालना नगरी आफू खुसी तालीम कार्यक्रम, सञ्चालन गरेको सम्बन्धमा यस परिषद् कार्यालयको मिति २०७९/०९/०८ गतेको निर्णय अनुसार सम्बन्धित सबैमा सम्बन्धन / स्वीकृति लिँदा पालना गर्नुपर्ने सर्तनामामा उल्लेख भए बमोजिम तालीम कार्यक्रम सञ्चालन गर्नु/गराउनुहुन सूचित गरिन्छ । अन्यथा सम्बन्धन / स्वीकृति खारेजी गरी थप कारबाही भई जाने व्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
छोटो अवधिको तालीम कार्यक्रम सञ्चालन गर्दा पालना गर्नुपर्ने सर्तहरू
१. छोटो अवधिको तालीम कार्यक्रमहरू सञ्चालन गर्दा प्रति कार्यक्रम बढीमा २० जनाका दरले तालीम सञ्चालन गर्नुपर्ने ।
२. राष्ट्रिय सीप परीक्षण समिति (NSTB) को प्रावधान बमोजिम सीप परीक्षण गर्नुपर्नेछ ।
३. आवश्यक सम्पूर्ण पूर्वाधार तयारी एवं चालू अवस्थामा राखी तालीम कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
४. प्रशिक्षार्थी भर्नाका लागि विज्ञापन गर्दा सम्बन्धन / स्वीकृति दिँदा तोकिएको स्थान, कार्यक्रम घन्टा वा तह उल्लेख भए बमोजिम विज्ञापन तथा प्रचार / प्रसार गर्नुपर्नेछ । आफू खुसी व्याख्या गरी इलेक्ट्रोनिक, छापा तथा कुनै पनि माध्यमबाट प्रचार / प्रसार गर्न पाइनेछैन । संस्थाको बोर्ड वा सूचना पाटीमा समेत सम्बन्धन/स्वीकृति लिइएको तालीम कार्यक्रम स्पष्ट खुलाउनुपर्नेछ ।
५. छोटो अवधिको Computer System Administration & Developer (CSAD)-1320 hrs. तालीमको
सट्टामा Professional Computer Hardware And Network Technician-1696 hrs. मा स्तरोन्नति गर्न चाहने संस्थाहरूले रीतपूर्वक निवेदन दिनुपर्नेछ अन्यथा सो CSAD तालीम कार्यक्रम स्वतः खारेजी भई जानेछ ।
६. छोटो अवधिको Enterprise Development Facilitator, ( EDF) – 1500 hrs. तालीमको सट्टामा प्रि- डिप्लोमा तहको Entrepreneurship Development कार्यक्रममा स्तरोन्नति गर्न चाहने संस्थाहरूले रीतपूर्वक निवेदन दिनुपर्नेछ ।
७. माथि उल्लेख नभएका अन्य सर्तनामाका सम्बन्धमा सम्बन्धन / स्वीकृति दिँदा तोकिएका सर्तहरू, प्रचलित ऐन, नियम, कार्यविधि, निर्देशिका, निर्णय तथा विभिन्न मितिमा सो सम्बन्धी प्रकाशित सूचना अनुसार हुनेछ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्,
स्तर निर्धारण तथा सम्बन्धन महाशाखा
सम्पर्क फो.नं. : ०१-६६३०४०८
अन्य समाचार