Merchandise Now
९ मंसिर २०८१, आईतवार

तेह्रथुममा जस्तापाता आपूर्ति गर्न आव्हान

५ पुष २०७९, मंगलवार

फेदाप गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पोक्लावाङ, तेह्रथुम बोलपत्र आब्हानको सूचना, प्रथम पटक प्रकाशित मिति: २०७९/०९/०५

यस कार्यालयवाट तपसिल अनुसारको कार्य वोलपत्रको माध्यमद्वारा गराउनुपर्ने भएकोले तपसिलमा उल्लेख भएका शर्तको अधिनमा रही यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले वोलपत्रको हकमा ३१ दिनभित्र वोलपत्र पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरु :

१. बोलपत्र फाराम वापत रु ३,०००। ( तिन हजार) मात्र फिर्ता नहुने गरी यस कार्यालयको नविल बैक लि.को धरौटी खाता न २३२०१०१७५०००२५ मा बुझाई सक्कलै रसिद तथा २०७९ सालको लागि नवीकरण गरेको निर्माण व्यवसायी इजाजत प्रमाणपत्र आ.व. ०७८/०७९ को कर चुक्ता तथा मु.अ. कर प्रमाण पत्रको प्रमाणित प्रतिलिपी पेश गरे पछि वोलपत्रको हकमा २०७९ | १०|०४ गतेसम्म कार्यालय समयभित्र खरिद गर्न सकिने छ ।

२. “ खरिद भएका वोलपत्रको हकमा मिति २०७९।१०।०५ गते १२ वजेभित्र यस कार्यालयमा दर्ता गराई सक्नुपर्ने छ । दर्ता हुन आएक वोलपत्र सोही दिन(दर्ता गर्ने मिति) दिनको २ वजे यसै कार्यालयमा कार्यालय प्रतिनिधि वोलपत्रदाताको रोहवरमा खोलिनेछ तर उक्त समयमा वोलपत्रदाताको प्रतिनिधि उपस्थित नभएमा पनि वोलपत्र खोल्न बाधा पुग्नेछैन ।

३. बोलपत्र पेश गर्दा तपसिल अनुसारको जमानत रकम यस कार्यालयको नविल बैंक लि. को धरौटी खाता न २३२०१०१७५०००२५ मा जम्मा गरेको सक्कलै बैंक भौचर वा मान्यता प्राप्त “क” वर्गको वाणिज्य वैंकवाट जारी गरिएका वोलपत्रको हकमा १२० दिनसम्म मान्य हुने अवधिको सक्कलै विड वण्ड पत्र पेश गर्नु पर्ने छ ।

४. बोलपत्रदाता खरिद प्रकृयामा भाग लिन अयोग्य नभएको, वोलपत्रको प्रकृयामा आफ्नो स्वार्थ नवाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा सजाय नभएको भनी लिखितरूपमा आफुले गरेको घोषणा पत्र बोलपत्रसाथ पेश गर्नु पर्नेछ ।

५.प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने, घटी वा बढी अंकवालालाई दिने वा नदिने सो सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ । ६. बोलपत्र शर्तरहित, केरमेट नभएको, कार्यालयवाट खरिद भएको डकुमेन्टमा नै भरिएको, कुनै थपघट वा द्रष्टव्य नलेखिएको हुनुपर्नेछ । ७. समयमा प्राप्त नभएको, रीत नपुगेको, सूचनाको शर्त विपरीत भएको बोलपत्र माथि कुनै कारवाही हुनेछैन । ८. बोलपत्र खरिद वा दर्ता गर्ने फर्महरूले सम्पादन गर्नुपर्ने कामको वारेमा स्पष्ट वुझेको र प्रकृयामा सामेल भएको मानिनेछ । ९. बोलपत्र भर्दा दररेट केरमेट नगरी प्रष्ट रूपमा अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्ने छ । अंक र अक्षरमा दररेट फरक परेमा अक्षरमा उल्लेख भएको रकमलाई मान्यता दिईनेछ । १०. बोलपत्र खरिद गर्ने वा बुझाउने अन्तिम दिन बिदा पर्न गएमा सोको भोलिपल्ट सोही समयमा उक्त कार्यहरू हुनेछ ११. बोलपत्र पेश गर्दा www.bolpatra.gov.np/egp मार्फत वा यस कार्यालयमा उपस्थित भई पेश गर्न सकिने छ । १२. बोलपत्रमा दररेट उल्लेख गर्दा भ्याट बाहेकको मूल्य उल्लेख गर्नु पर्नेछ । १३. बोलपत्रमा कुनै पनि नक्कली कागजात पेश गरेको पाइएमा निज बोलपत्रदाताको वोलपत्र रद्द गरी कालोसूचीमा समावेश गर्न सम्बन्धित निकायमा सिफारिस गरिनेछ । १४. नियमानुसार नेपाल सरकार लगायत अन्य निकायमा लाग्ने कर दस्तुर आदि सम्पूर्ण रकम बोलपत्रदाता स्वयमले व्यहोर्नु पर्नेछ । १५. एक फर्मको नाममा खरिद भएको बोलपत्र फाराम अर्को फर्मको नाममा दाखिला गर्न पाईने छैन । १६. यस सूचनामा लेखिएको विषयमा यसै बमोजिम र अन्य विषयको हकमा सार्वजनिक खरिद ऐन २०६३, तथा सार्वजनिक खरिद नियमावली २०६४ एवं नेपाल सरकारको प्रचलित कानुन अनुसार हुने छ ।
 

जस्तापाता खरिद कार्य

अन्य समाचार
 
  1. AUCTION OF FIXED ASSETS (INCLUDING INTERIOR DECORATION)
  2. काठ तथा दाउरा लिलाम बिक्री
  3. श्री स्काई विल्डर्सले भवन निर्माण कार्य गर्न स्वीकृत
  4. चौतारा अस्पतालमा प्रिफ्याव भवन निर्माण गर्न आव्हान
  5. RECRUITMENT OF INDIVIDUAL CIVIL ENGINEER