Merchandise Now
९ मंसिर २०८१, आईतवार

खाद्य सामग्रीहरू आपूर्ति गर्न आव्हान

२८ मंसिर २०७९, बुधबार
बूढानीलकण्ठ स्कूल काठमाडीको खाद्य सामग्रीहरू आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७९/०८/२८)

यस पूर्ण आवासीय स्कुलमा अध्ययनरत करिब ११५० जना विद्यार्थीहरू तथा २५० शिक्षक र कर्मचारीहरूका निमित्त २०७९ माघदेखि २०८० पौष मसान्तसम्म खाद्य सामग्रीहरू आपूर्ति गर्न इच्छुक कम्तीमा ३ वर्ष तपसिलमा उल्लिखित सामग्रीहरूको आपूर्ति कार्यको अनुभव भएकोमध्ये कुनै एक आर्थिक वर्षमा तल तोकिए बमोजिमको न्यूनतम वार्षिक कारोबार गरेको इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाले देहाय बमोजिमको सर्तहरूको अधीनमा रही वार्षिक ठेक्का वन्दोबस्त गराउनुपर्ने भएको हुँदा बोलपत्रमा उल्लिखित सर्तहरूको अधीनमा रही विद्युतीय बोलपत्र (e-GP) प्रणालीबाट रीतपूर्वकको बोलपत्र upload गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । १. बोलपत्र फाराम बापत निम्नानुसारको फाराम शुल्क लाग्नेछ । उक्त रकम फिर्ता हुनेछैन ।

सि.नं, ०६/२०७९/०८० , विवरण खाद्यान्न सामग्रीहरू, १०७/२०७९/०८० हरियो तरकारी तथा फलफूल फाराम शुल्क न्यूनतम वार्षिक कारोबार रकम रु.५,०००/-m रु.३,०००/- ०८/२०७९/०८० खसी तथा कुखुराको मासु र अण्डा रु.३,०००/- रु.३,०००/- रु. एक करोड पचास लाख रु. एक करोड रु. एक करोड रु. एक करोड ०९/२०७९/०८० अन्य खाद्य सामग्रीहरू

२. बोलपत्र फाराम www.bolpatra.gov.np/egp बाट download गरी प्राप्त गर्न सकिनेछ । बोलपत्र दाताहरूले वोलपत्र सम्बन्धी कागजातमा उल्लेख गरे वमोजिम बैंक खातामा तोकिएको दस्तुर दाखिला गरेको भौचर समेत upload गर्नुपर्नेछ । सूचना प्रकाशित भएको मितिदेखि ३१औँ दिनको १२ बजेभित्र बोलपत्र upload गरिसकेको हुनुपर्नेछ र सोही दिनको १ बजे प्रस्ताव दाताहरू वा निजको प्रतिनिधिहरूको रोहबरमा स्कुल प्रशासन शाखामा खोलिनेछ । तर निजहरूको अनुपस्थितिमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । बोलपत्र फाराम खोल्ने दिन सार्वजनिक बिदा परेमा उक्त कार्यहरू बिदा पछिको कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।

३. बोलपत्र upload गर्दा फाराम बापतको शुल्क (फिर्ता नहुने) र बोल कबोल अङ्कको २.५% रकम स्कुलको

रा.वा.बैंक, वं.हि.नं. १६६०१००००४५०००१०, बूढानीलकण्ठ शाखामा जम्मा गरेको छुट्टाछुट्टै सक्कल भौचर वा यस स्कुलको नाममा जारी गरिएको बैंक जमानत पत्र बोलपत्र फाराम साथ upload गर्नुपर्नेछ । ४. बोलपत्रमा दर केरमेट नगरी प्रस्ट बुझिने गरी अङ्क र अक्षर दुवैमा लेखिएको हुनुपर्नेछ । अङ्क र अक्षर फरक परेमा अक्षरमा लेखिएको दररंटलाई मान्यता दिइनेछ ।

५. वोलपत्र फाराम upload गर्दा नवीकरण गरिएको कम्पनी दर्ता प्रमाणपत्र, खाद्यान्न सम्बन्धी कार्यमा संलग्न रहेको अनुभवको प्रमाणपत्र र अन्य आवश्यक कागजातहरू प्रमाणित गराई निवेदनसाथ upload गर्नुपर्नेछ । ६. माथि उल्लिखित बोलपत्रबाट खरिद गरिने सामग्रीहरूको नमुना हेर्न चाहने बोलपत्र दाताहरूले स्कुलमा आई मिति २०७९ पौष १७ देखि पौष २२ गतेसम्म हेर्न सकिनेछ ।

७. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार स्कुलमा सुरक्षित रहनेछ ।

अन्य समाचार
 
  1. शिखर इन्स्योरेन्स कम्पनीको सामानहरु लिलामद्वारा बिक्री
  2. PROCUREMENT OF FABRICATION PACKAGE
  3. बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
  4. स्याउका बिरुवा आपूर्ति गर्न आव्हान