Merchandise Now
१२ बैशाख २०८२, शुक्रबार

पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्याङ्जा गण्डकी प्रदेश, नेपाल वातावरणीय अध्ययन प्रतिवेदन सम्बन्धि सार्वजनिक सूचना पुतलीबजार नगर क्षेत्र भित्र भएर बहने आँधिखोला, रिङदीखोला र सुरौदीखोलाका बगरहरूको वातावरणीय अध्ययन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना प्रकाशन मिति २०८१/०४/२८ गते गण्डकी प्रदेश स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाद्वारा देहाय बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ । प्रस्तावकको नाम र ठेगाना पुतलीबजार नगरपालिका, स्याङ्जा प्रस्तावको व्यहोरा प्रभाव पर्न सक्ने क्षेत्र | पुतलीबजार नगर क्षेत्र भित्र भएर बहने आँधिखोला, रिङदीखोला र सुरौदीखोलाका बगरहरुको वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने | स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ३,४,६,१०,११,१३,१४, माथि उल्लिखित प्रस्तावको वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षत्रको जैविक तथा पारिस्थितिकीय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक प्रणाली र साँस्कृतिक प्रणालीहरु बीच के कस्तो सकारात्मक तथा नकारात्मक प्रभाव पर्दछ भनी यकिन गर्न पुतलीबजार नगरपालिका, सबै वडा समिति, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्ति वा संस्थाको राय सुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात दिन भित्र देहायमा उल्लिखित ठेगानामा आई पुग्ने गरी लिखित राय सुझाव उपलब्ध गराई दिनु हुन अनुरोध गरिन्छ । प्रस्तावकको नाम र ठेगाना परामर्श दाताको नाम र ठेगाना पुतलीबजार नगरपालिका, स्याङ्जा, putalibazarmun@gmail.com, ०६३-४२०४०९ Greenwich Environmental and Engineering Consult Pvt. Ltd. (GEEC), Mid | Baneshwor-34, Kathmandu, geec.nepal@gmail.com ९८४१५३१५८२ प्रमुख प्रशासकीय अधिकृत